Logo
|
Thursday 25th April 2024
Logo

epaper

कलेजो पीडितलाई तीन लाख सहयोग



कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ ।

हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले बिरामीको उपचारका लागि रु तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गर्नुभएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय सचिव कमन देवान, केन्द्रीय पार्षद् विष्णु सुब्बा, डिकेश लामालगायतले बिरामीलाई नगद हस्तान्तरण गर्नुयो ।
दुई वर्षअघि कलेजोमा संक्रमण भएर उपचाररत योङहाङको पछिल्लो समय कलेजो काम नलाग्ने अवस्थामा पुगेको छ । उपचारका क्रममा रु तीन लाख ५० हजार बढी खर्च भएको र थप उपचार गर्न रकम नभएपछि घरमै राख्नुपरेको बिरामीका भाइ मुक्ति योङहाङले बताउनुभयो ।

बिरामीका श्रीमान सिन्धुपलाञ्चोकका राजकुमार तामाङ रोजागारीका क्रममा आठ वर्षअघि मलेसिया गएपछि हालसम्म सम्र्पकबिहीन भएको बिरामीकी बहिनी देउकलाले बताउनुभयो । रास

प्रतिक्रिया दिनुहोस्