Logo
|
Friday 29th March 2024
Logo

epaper

बंगलादेशीहरु उपचारको लागि अब नेपाल मेडिसिटी आउने




नेपाललाई मेडिकल हबको रुपमा विकाश गरी मेडिकल टुरिजमको उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले नेपाल मेडिसिटीले प्रवद्र्धन अभियानको थालनी गरेको छ ।

बंगलादेश स्थित नेपाली राजदुतावासको सहयोगमा नेपाललाई उपचारको राम्रो गन्तब्यको रुपमा पहिचान गराउन ढाकामा एक अन्तरक्रिया कार्यक्रम मार्फत बंगलादेशीहरुलाई नेपालमा उपचारको लागि आउन आव्हान गरिएको छ ।

बंगलादेशका उद्योगपति, पर्यटन ब्यवशायी, चिकित्सक, पत्रकारहरुसंगको अन्तरकृयामा नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले नेपालको हावापानी, रहनसहन, संस्कृति र आतिथ्यको साथमा विश्वस्तरको अस्पतालको सुविधा लिन बंगलादेशीहरुलाई नेपाल सहज गन्तब्य हुने बताउनु भयो ।

भारत लगायतका अन्य देशहरु भन्दा धेरै कम शुल्कमा विश्वस्तरीय सुविधा प्राप्त गर्न सकिने र ढाकाबाट काठमाडौ पुग्न करिब डेढ घण्टा मात्र लाग्ने भएकोले छिटो, छरितो र सुलभ उपचारका लागि बंगलादेशीहरुलाई नेपालले आकर्षित गर्ने जयरामले बताउनु भयो ।

बंगलादेशका लागि नेपालका राजदुत महामहिम प्रा.डा. चोपलाल भुसालले नेपालले पर्यटनका अलावा सेवा क्षेत्रलाई पनि प्रमुखताका साथ प्रवद्र्धन गर्न सक्ने बताउदै स्वास्थ्य उपचारका क्षेत्रमा नेपालले धेरै राम्रो काम गरेको बताउनु भयो ।

विशेष गरी आंखा उपचारमा भारत, बंगलादेश लगायतका देशहरुबाट धेरै संख्यामा नेपाल जाने गरेकोमा अब विश्वस्तरको भरपर्दो सेवाका लागि नेपालले आफूलाई विश्वसामु प्रस्तुत गरेको बताउनु भयो ।

नेपाली राजदुतावास, बंगलादेशका डेपुटी चीफ अफ मिशन धन बहादुर ओलीले धेरै बंगलादेशीहरु उपचारका लागि भारत गईरहेको सन्दर्भमा उनीहरुलाई उपचारका लागि नेपाल तर्फ आकर्षित गर्न आफूहरुले सहयोग गर्ने बताउनु भयो । बंगलादेशीहरुलाई भिजा सहजताका कारणले नेपालमा उपचार गर्न जान सजिलो हुने उहांले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्