Logo
|
Wednesday 24th April 2024
Logo

epaper

तपाई कस्तो प्रकारको शाहाकारी ?




वनस्पति खाद्य उपभोग गर्ने व्यक्तिलाई हामी शाकाहारी भन्छौँ । शाकाहारी भन्नाले अण्डा, माछा, मासु नखाने भन्ने आम बुझाइ छ । तर आउनुस् जानौं शाकाहारी के हो र कस्तो खाना खाने व्यक्तिलाई शाकाहारी भन्ने ?
डेमी/ सेमी भेजिटेरियन
माछा, मासु, अण्डा कहिलेकाँही खाने व्यक्ति डेमी सेमी भेजिटेरियअन्तर्गत पर्छन् ।
पेस्को भेजिटेरियन
माछा तथा समुद्रि जीव मात्र खाने व्यक्ति पेस्को भेजिटेरियन हुन् । तर उनीहरुले अण्डा, मासु खाँदैनन् ।

ल्याक्टो ओभो भेजिटेरियन
केवल अण्डा र दुध तथा दुध जन्य पदार्थ उपभोग गर्ने व्यक्तिलाई ल्याक्टो आभो भेजिटेरियन भनिन्छ ।
ओभो भेजिटेरियन
दूध र माछा मात्रै उपभोग गर्ने व्यक्ति आभो भेजिटेरियन हुन् ।

भेगन
यस समूहमा वनस्पतीय श्रोत पर्दछन् । यस्ता व्यक्तिले अन्न, दाल, गेडागेडी, तरकारी आदि मात्र उपभोग गर्छन् ।
फ्रुटारियन
यस्ता व्यक्तिको मुख्य खानानै ताजा फलफुल र सुकेका फल (ड्राई फ्रूट) हुन्छन् ।

के फाइदा छ ?
रेशाा
खानामा रेशाको मात्रा कम भएमा इस्ट्रोजेन पुनः शोषण भई रगतमा जानसक्छ । यसले क्यान्सरको जोखिम बढाउँछ । क्यान्सरबाट जोगाउन रेशा (फाइवर) को निकै ठूलो भूमिका रहन्छ ।
त्यसैले एक जना व्यक्तिको शरीरलाई दिनमा ३०−४० ग्राम रेशाको आवश्यक पर्दछ । रेशा प्रशोधित नगरिएको अन्न, खेस्टे दाल, गेडागुडी, तरकारी तथा फलफूल रेशायुक्त खानाका श्रोत हुन् ।

वेटा क्यारोटिनोइड
पहेँलो तरकारी र गाडा हरियो तरकारीहरुमा वेटा क्यारोटिन पाइन्छ । यसले फोक्सो, मुख, मूत्राशय, घाँटी, खानानली, स्तन क्यान्सरबाट जोगाउन मद्दत गर्छ ।
भिटामिन सी
भिटामिन सी ले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै एन्टिअक्सिडेन्टको पनि काम गर्दछ । एन्टि अक्सिडेन्टले क्यान्सर कारक तत्वलाई निष्प्रभावी बनाउन मद्धत गर्छ । भिटामिन सी ले पेटमा नाइट्राइटस्लाई नाइट्रोसामाइनमा परिणत हुनबाट जोगाउँछ ।
सेलेनियम
सेलेनियमले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । वयस्क महिला र पुरुष दुवैलाई दैनिक ५५ माईक्रोग्राम भन्दा कम आवश्यक पर्छ । प्रशोधित नगरिएको अन्न, ड्राई फ्रुट्स, सिताके च्याउ, पास्ता, तोफु, भटमास सेलेनियमका श्रोतहरु हुन् । शाकाहारी भोजनमा मांशाहारीको भन्दा बढी भिटामिन सी, वेटा क्यारोटिन, इन्डोल्स जस्ता पोषक तत्व हुने भएकाले रोग प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ । भटमासमा लिग्नेन्स् र फाइटोइस्ट्रोजेन पाइने भएकाले एन्टिक्यान्सरको काम गर्दछ ।
तर शाकाहारी व्यक्तिहरुले शरीरमा भिटामिन वी को कमी हुन नदिन आवश्यक मात्रा सबै खाद्य समूहबाट मिलाएर खान अति आवश्यक हुन्छ ।
(महर्जन नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरमा डाइटेटिक्स एण्ड न्यूट्रिटिक्स यूनिटमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्