Logo
|
Friday 19th April 2024
Logo

epaper

किर्तिपुरमा मेडिसिटीद्वारा सचेतना कार्यक्रम




मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले सिकुछे थछे म्हाइमाच समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

किर्तिपुरको पांगामा आयोजित सो सचेतना कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा. लव नर्सिङ्ग जोशीले जानकारी मूलक सल्लाह एवं जानकारी दिनुभएको छ ।

झण्डै १०० जना ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा डा.जोशीले मुटुरोगको परिचय सँगँंगै यसका कारण, लक्षण र उपचारको बारेमा जानकारी गराउनुभएको थियो । आजको समयमा जिवनशैलीनै धेरै रोगको कारण भएकाले यसमा विशेष ध्यान दिन जरुरी रहेकोमा डा. जोशीले जोड दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्