Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपाल मेडिसिटी र सेभ द चिल्ड्रेन नेपालबिच सम्झौता



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी र सेभ द चिल्ड्रेन नेपालबिच सेवा आदान–प्रदान  गर्ने सम्झौता भएको छ ।

सेभ द चिल्ड्रेन तर्फबाट डेप्युटि कन्ट्री डाइरेक्टर बन्दना रिजाल र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

बालबालिका देशको भविष्य निर्माणको कर्णाधार भएकोले बालबालिकाको हकहितको क्षेत्रमा कार्य गर्दै  आएको सेभ द चिल्ड्रेनका कर्मचारीका लागि स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गर्नुभएको छ ।

समाजिक सेवा गर्दै आएको सेभ द चिल्ड्रेन नेपालका अभियानमा साथ दिन पनि अस्पताल तयार रहेको छ ।

नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालले देशैभरका विभिन्न अवस्थामा रहेका बालबालिका सम्म उच्चस्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा यस सम्झौताले विशेष भूमिका खेल्ने विश्वास सेभ द चिल्ड्रेनका मदन ज्ञवालीले व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्