Logo
|
Friday 19th April 2024
Logo

epaper

साइज नमिल्ने भित्री वस्त्र स्वास्थ्यका लागि घातक



प्रायः भित्री वस्त्र छनोट गर्दा मानिसहरू त्यति ध्यान दिँदैनन्, जति बाहिरी वस्त्रको छनोटमा दिन्छन् । भित्र लगाउने लुगा जस्तोसुकै भए पनि हुन्छ भन्ने मनसाय धेरैको हुन्छ । बाहिरी वस्त्र छनोटमा हामी जति सचेत हुन्छौँ, स्वास्थ्यका हिसाबले भित्री वस्त्रको छनोट गर्दा पनि उत्तिकै सचेत हुन जरुरी छ ।

पुरुषको तुलनामा महिलाहरू यस विषयमा बढी सचेत हुनुपर्छ । विशेषगरी, महिलाले ब्रा र पेन्टीको खरिद गर्दा त्यसको गुणस्तर र शारीरिक बनोटमा ध्यान पु-याउनुपर्ने हुन्छ । महिलाले स्तनको आकार मिलाउन वा स्तनलाई आकर्षक ढंगले सजाउन ब्रा लगाउने गर्दछन् । तर, अधिकांश महिलाले विचार नै नगरीकन ब्रा किन्ने गर्दछन् । कतिपय अवस्थामा ब्राकै कारणले शरीरमा अप्ठ्यारो भए पनि त्यति चासो देखाउँदैनन् । जसले गर्दा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ ।

नमिलेको भित्री वस्त्र लगाउँदा हुने समस्याभित्री वस्त्र अर्थात् ब्रा गुणस्तरीय हुनुपर्दछ । शरीरमा मिल्ने आकारको हुनुपर्दछ । साइज नमिल्ने ब्राले स्तनलाई अड्याउँदैन्, जसका कारण घाँटी र पछाडिको मांसपेशीमा अनावश्यक दबाब पर्न जान्छ । यसले घाँटीमा हुने रक्तप्रवाहलाई रोक्नुका साथै घाँटीको मांसपेशीमा बढी भार पर्दा टाउको दुख्नेसमेत हुन्छ । साइज नमिल्दा अर्थात् बढी कसिलो ब्राले छातीवरपरको भागमा डाम बसाल्नुका साथै श्वास फेर्नसमेत कठिनाइ हुन्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्