Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रोस्टेटको शल्यक्रिया, वीर्य निस्कदैन भनेर नआत्तिनुस्




प्रा.डा. ज्ञवालीले त्रि.बि.शिक्षण अस्पतालमा काम शुरु गर्नुभएको २३ वर्ष भएको छ । यस अवधिमा अस्पतालको टिमले करिब १५ हजार व्यक्तिको युरोलोजीसम्बन्धि शल्यक्रिया गरिसकेको छ । यसमा किड्नी ट्रान्सप्लान्ट, मिर्गाैलाको पत्थरी, प्रोस्टेट, मिर्गौलाको क्यान्सर, पिसावथैलीको क्यान्सर र जन्मजात हुने पिसाबको थैली सम्बन्धि रोगहरु पर्दछन् । प्रा.डा. ज्ञवाली र उहाँका टिमले त्रि.बि.शिक्षण अस्पतालमा १० वर्षको अवधिमा ५ सय २१ वटा मिर्गौला ट्रान्सप्लान्ट गरिसकेको छ ।
प्रोष्टेट समस्या के हो ?
प्रोष्टेट ग्रन्थी बढेपछि पिसाब नली थिचिन्छ र यसले पिसाब थैलीबाट राम्रो सँग पिसाब बग्न दिँदैन । यसबाट विभिन्न समस्या निम्त्याउँछ । प्रोस्टेट पुरुष ग्रन्थी होे । यो पिसाव थैलीको ठिक तल हुन्छ र त्यसको बिचबाट पिसाब नली गएको हुन्छ । प्रोष्टेट ग्रन्थीको काम के हो भनेर अहिलेसम्म चिकित्सा विज्ञानले पत्ता लगाउन सकेको छैन । तर यसले वीर्यको भोल्युम बढाउँछ र शुक्रकिटलाई आवश्यक तत्व उपलब्ध गराउँछ । विगतमा ५० वर्ष उमेरपछि प्रोस्टेट बढ्ने भनेर हामीले अध्ययन गरेको भएपनि २५—३० प्रतिशत समस्या ४०—४५ वर्षदेखि नै शुरु भएको छ । आजकल यो समस्या युवा हुँदै गएको छ ।

समस्या
पिसाब थैलीबाट पिसाब राम्ररी निस्किन पाउँदैन । पिसाब फेर्दा बल गर्नुपर्छ । राम्रोसँग पिसाब निख्रिन पाउँदैन । रातको समयमा पटक पटक पिसाव फेरिरहनुपर्छ । पिसाबथैलीमा पिसाब थिग्रेर बसिरहँदा इन्फेक्सन हुन्छ र पत्थर बन्न सुरु हुन्छ । अन्तमा पिसाब नै बन्द गराइदिन्छ ।
उपचार
बढेको प्रोस्टेटले पिसाब नलीलाई कति थिचेको छ भन्ने आधारमा उपचार शुरु हुन्छ । प्रोष्टेटको तौल सामान्यतया १५ देखि २० ग्राम हुन्छ । तर कसैको २५ देखि ३० ग्रामको हुने बित्तिकै शल्यक्रिया गर्नुपर्छ । कसैकसैको १ सय ग्रामको भएपनि पिसाब नलीलाई नथिचेको अवस्थामा शल्यक्रिया गर्नुपर्दैन । प्रोस्टेट बढेर पिसाबमा समस्या देखिन थालेमा औषधिबाट उपचार शुरु गरिन्छ । औषधिको सेवनले २४ घण्टासम्म काम गरेमा जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ ।
प्रोस्टेटको शल्यक्रिया गर्ने अवस्था
– औषधि सेवन गर्दा पनि पिसाव बन्द भएमा
– प्रोस्टेटको कारण पिसाबमा रगत आएमा
– प्रोस्टेटले गर्दा मिर्गौलामा पत्थर बन्न थालेमा
– प्रोस्टेटले पिसाब फेर्न बल गर्दा हर्निया हुन थालेमा

उपचार
आजकल प्रोस्टेटको शल्यक्रिया नचिरी पिसाब नलीबाट दुरबीन पसाएर लेजर गर्ने चलन छ । प्रोस्टेटको ९५ देखि ९९ प्रतिशत सम्म विना शल्यक्रिया मुत्रनलीबाट दुरबीन छिराएर बढेको प्रोस्टेट निकालिन्छ र पिसाब सहज गराइन्छ ।
कम्लिकेशन

‘‘प्रोस्टेट निकालिसकेपछि वीर्य बाहिर आउँदैन । सेक्स गर्दाको आनन्द पहिलाकै जस्तो हुन्छ । तर त्यो वीर्य फर्केर पिसावको थैलीतिर जान्छ । सेक्सपछि पिसाब फेर्दा पिसाबसँगै वीर्य बाहिर आउँछ । यसले बिरामीको शरीरमा हानी गर्दैन ।’’

त्यसलाई ड्राइ इज्याकुलेसन भनिन्छ । यस प्रकारको कम्प्लिेकेसन लेजरपछि भएरै छोड्छ ।लेजरबाट भित्र काटेको ठाउँमा निको हुने बेलामा दाग बस्नसक्छ । दागले पिसाब रोक्न पनि सक्छ । करिब १० देखि १५ वर्षपछि फेरि प्रोस्टेट पलाउन लाग्छ । यो पिसावको नली तिर पलाएमा पुन लेजर वा औषधि खानुपर्नसक्छ । नली बाहिर पलाएमा समस्या हुँदैन । प्रोस्टेट तुरुन्त ज्यान लिने रोग नभएपनि उपचार नगरी बसेमा मिर्गौला विफल हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्