Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व स्तन क्यान्सर दिवसको अवसरमा सचेतना कार्यक्रम



नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विश्व क्यान्सर दिवसको अवसरमा स्तन क्यान्सर सम्बन्धी बिभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले संयुक्त रुपमा स्तन क्यान्सर सम्बन्धी सचतेनामुलक पद यात्रा, निःशुल्क स्वास्थ शिविर, कार्यशाला गोष्ठी, अन्तक्रिया र मैन बत्ति प्रज्वलन कार्यक्रमहरुको आयोजना गरि मनाएको छ ।

गत शुक्रबार नेपाल क्यान्सर हस्पिटलको प्राङ्गणमा क्यान्सर रोगबाट दिवंगत भएकाहरुको सम्झना तथा सम्मान स्वरुप र स्तन क्यान्सरलाई जीतेर सरल जिवन यापन गरिरहनु भएकाहरुको सु—स्वास्थ तथा दिर्घायुको कामनाका गर्दै मैन बत्ति प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो ।

अक्टोबर महिना भर म्यामोग्राम र अल्ट्रासाउन्ड परिक्षण गर्न आउनेहरुको लागि हस्पिटले ५० प्रतिशत  छुटको व्यवस्था गरेको छ ।
अक्टोबर महिनालाई विश्व स्तन क्यान्सर दिवसको रुपमा संसार भर स्तन क्यान्सर सम्बन्धी बिभिन्न जनचेतनामुलक कार्यक्रम गरेर मनाउने गरिन्छ । केहि समय यता देखि नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्