Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

स्तन क्यान्सर पहिचानमा एम.आर.आई. प्रविधि



स्तन क्यान्सर अरु क्यान्सरहरुभन्दा बढी हुने क्यान्सर हो । यो क्यान्सर महिला र पुरुष दुवैलाई हुन सक्ने भएता पनि पुरुषमा ज्यादै कम देखिएको छ । यस क्यान्सरवाट विश्वमा सन् २००४ मा मात्र ५ लाख १९ हजार व्यतिmको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार महिलामा हुने क्यान्सर मध्ये स्तन क्यान्सर अग्रपंतिमा रहेको छ । त्यसमा पनि ४५ देखि ५५ वर्षका महिलाहरुमा बढी स्तन क्यान्सर भएको पाइएको छ । विकसित राष्ट्रहरुमा भन्दा अर्धविकसित तथा अविकसित राष्ट्रहरुमा यस रोगबाट हुने विकृति तथा मृत्युदर बढी देखिन्छ ।

यसका कारणहरुमा विशेष गरी ग्रामीण भेगका महिलाहरुमा लाज र डरले रोग लुकाउनु, रोगबारे चेतनाको कमी, समयमा नै रोग पत्ता लगाउन नसक्नु, तथा उपचारको सुविधाको अभाव रहेका छन् । स्तन क्यान्सर समय मै पत्ता लगाउन सकेमा समयमै उपचार गरी यो रोगबाट बच्न सकिन्छ ।

स्तन क्यान्सर के हो ?

मानिसको शरीर करौडौं कोषहरु मिलेर बनेको हुन्छ । शरीरमा स्वस्थ र सामान्य कोषहरु मर्ने र नयाँ बन्ने क्रम निरन्तर चलिरहन्छ । पुराना कोष मर्ने र नयाँ कोष बन्ने प्रक्रियामा सन्तुलन बिग्रेपछि पुराना कोषहरु समयमा नमर्ने र नयाँ कोषहरु असामान्य रुपले बन्ने काम शुरु हुन थाल्दछ । यसरी असामान्य रुपले कोषहरु धेरै वृद्धि भई शरीरमा गाँठाहरु देखापर्दछ । यस्ता गाँठोहरुलाई ट्युमर भनिन्छ ।
स्तनमा आएका यस्ता गाँठालाई स्तन क्यान्सरको प्रथम पहिचान मानिने वा गरिने भनिएता पनि यस्ता गाँठाहरु क्यान्सर नहुन पनि सक्छन् । सबै गाँठाहरु स्तन क्यान्सरको नभई अन्य कारणले (जस्तै हर्मोन्सको असन्तुलन या उमेरको कारणले) गर्दा पनि हुन सक्छ र यस्ता गाँठाहरु अरु अङ्गमा फैलिँदैन र शल्यक्रियाबाट पुरा निकालिदिएपछि फेरि बन्दैन । तर यदि यस्ता गाँठाहरु क्यान्सर भएमा यसले अरु स्वस्थ कोषहरुलाई नष्ट गरेर अरु अंगहरुमा फैलिनसक्छ । क्यान्सरको कोषहरु छिटो बढ्ने हुनाले अन्य भागमा फैलिन सक्ने खतरा धेरै रहन्छ । त्यसैले यसको उपचार समय मै गरेमा रोगको निदान पनि हुनसक्छ ।

स्तन क्यान्सरका लक्षणहरु

१) स्तनको नाप र आकारमा परिवर्तन हुने
२) स्तनमा गाँठाहरु आउने
३) स्तनको छाला च्याउरिने
४ं) स्तनको मुन्टो भित्रतिर फर्किने
५) स्तनको मुन्टो सुन्निने
६) स्तनको मुन्टोबाट तरल पदार्थ बग्ने
७) स्तनको मुन्टो वरिपरी बिबिराहरु आउनु वा रातो हुने

स्तन क्यान्सरका कारण

यो रोग किन र कसरी लाग्छ भन्ने बारे निश्चित कारण थाहा नभएता पनि महिलाहरुमा यसको खतरा ज्यादा रहेको पाइएको छ । तर केहि अध्ययनहरुले लिंग, उमेर, प्रजनन् हर्मोन, ज्यादा चिल्लोयुक्त खाना, ज्यादा मोटोपना, मदिरापान, सुर्तीपान, रेडियेसन, शारीरिक काम नगर्नुले पनि यो रोग लाग्नमा भुमिका खेल्न सक्ने बताएका छन् ।

परिवारमा अन्य कुनै सदस्य (जस्तैः दिदी, बहिनी,आमा) लाई स्तन क्यान्सर भएकोे अर्थात् वंशानुगत स्तन क्यान्सरको जोखिम रहेका महिला (जसमा स्तन क्यान्सर हुनुमा बीआरसीए वन, बीआरसीए टू भन्ने जिनको भूमिका रहन्छ), बच्चा ढिलो भएको वा नभएको, महिनावारी सानो उमेरमा शुरु भएको वा बढी उमेरमा बन्द हुनु, परिवार नियोजनको चक्की खानु आदि पनि यसको हुन सक्ने कारण बताइएको छ ।

स्तन क्यान्सर कसरी पत्ता लगाउने

स्तनको क्यान्सर पत्ता लगाउन स्वास्थ्यकर्मीद्वारा स्तनको जाँच परिक्षण, मेमोग्राफी, अल्टा«साउण्ड, बायोप्सी, एफ.एन.ए. सी. तथा एम. आर. आई. जस्ता विविध तरिकाहरु प्रयोग गर्न सकिन्छ । यस मध्ये एम.आर.आई. स्तनको जाँ्च गरी समयमा नै रोगको निदान निकाल्ने एक प्रभावकारी विधि हो ।

स्तनको एम.आर.आई. मेमोग्राम र अल्ट्रासाउण्ड जस्ता जाँचहरुको सट्टामा भन्दा पनि यी जाँचहरुसँगै गरिने थप किसिमको जाँच हो । चुम्बकीय शतिm तथा रेडियो तरङ्गको प्रयोग गरी शरीरको कुनै पनि भागको परिक्षण गर्ने विधिलाई एम.आर.आई. भनिन्छ । त्यसैले यो जा“च गर्दा धातु (मेटल) भएको कुनै पनि चिज साथमा राख्नु वा लानु हुँदैन । मुटुमा पेसमेकर मेसिन राखेका, कानमा कोकलेयर मेसिन राखेका, रगतका भेसलमा मेटल कोइल राखेका वा अन्य धातुका वस्तुसँग एम.आर.आई. गर्नहुँदैन ।

विशेष उपकरण (कोइल) को प्रयोग गरी ग्यादोलिनियम नामक औषधि नसाबाट दिएर गरिने यस जाँचले स्तनमा भएको गाँठोका आकार, प्रकार तथा कार्य प्रणालीको विस्तृत विवरण दिई गाँठोको गम्भीरताका विषयमा जानकारी दिन्छ ।

यो विधिद्वारा स्तन क्यान्सरको जाँच गराँउदा हुने फाइदाहरु यस प्रकार छन् ।

—पद्दती सुरक्षित तवरले प्रयोग गरी स्तन क्यान्सरका जोखिममा रहेका महिलामा स्तन क्यान्सरको शुरुवाती अवस्थामा नै खोज गर्न सकिन्छ । विशेष गरी चालिस बर्ष भन्दा कम उमेरका महिलाहरुमा यो जाँच उपयुतm हुन्छ किनभने कम उमेरमा स्तनको कोषहरुमा पर्ने विकिरणका नराम्रा प्रभाव बढी संवेदनशिल हुन्छ ।

प्रत्यारोपण गरिएको कृत्रिम स्तन (सिलिकन ब्रेस्ट अर्थात इम्प्लान्ट ) मा मेमोग्राफीले रोग पत्ता लगाउन समस्या हुन्छ । तर एम.आर.आई.को प्रयोगबाट यस्ता इम्प्लान्ट स्तनको अवस्था (जस्तै, इम्प्लान्ट फाटेको, इम्प्लान्ट वरपरका कोषहरुको अवस्था ) सही रुपमा देखाउन सक्छ जो मेमोग्राम र अल्ट्रासाउण्डले पत्ता लगाउन गाह«ो पर्छ ।

— पारम्पारिक जाँचहरु जस्तैः मेमोग्राफी र अल्ट्रासाउण्डले रोगको निश्चय गर्न नसकेको खण्डमा एम.आर.आई. जाँच गर्दा सामान्य आएमा क्यान्सर रोग नभएको निक्र्यौल गर्न सकिन्छ ।

— शल्यक्रिया पुर्वस्तन क्यान्सरको स्टेजिङ्ग, सही आकार प्रकार, नाप र संख्या पत्ता लगाउन एम.आर.आई. सबैभन्दा उचित जाँच हो ।यस्तो पूर्व जानकारीले शल्यक्रियाको प्रकार निर्धारण गर्न मद्दत पु¥याउँदछ । जस्तै, यदि टयुमर वा गाँठो सानो भएमा शल्यक्रिया गरी अनावश्यक रुपमा पुरै स्तन नहटाई स्तनको सानो भाग मात्र हटाई दिए पुग्छ । जुन कुरा मेमोग्राम र अल्टा«साउण्डबाट सम्भव हुँदैन ।

—क्यान्सर रोगको औषधोपचारको प्रभावकारिताको मुल्याङ्गकन तथा शल्यक्रियापछि क्यान्सर बाँकी रहे नरहेको र उपचार पछि फेरि रोग फर्के नफर्केको बारेमा पनि यस जाँचबाट पत्ता लगाउन सकिन्छ । साथै यसबाट शंकास्पद स्तनका कोषहरु र शल्यक्रिया पछिका दागहरुसँग पनि छुट्याउन सकिन्छ जुन मेमोग्राफीले छुट्याउन गाह«ो पर्छ ।
उपचार

स्तनमा गाँठो देखा परेमा तुरुन्त चिकित्सकलाई देखाउनु पर्दछ । परिवारका कुनै सदस्यलाई स्तन क्यान्सरको भइसकेकोे भए आÏनो स्तनको पनि समयमा नै परिक्षण गराउनु पर्छ ।

यसका उपचारहरुमा शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, सपोर्टिभ केयर गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्