Logo
|
Thursday 28th March 2024
Logo

epaper

मुत्रमार्ग संक्रमणले महिलालाई किन धेरै सताउँछ ?



प्रायः महिलाहरुलाई केही स्वास्थ्य समस्या भएमा उनीहरु खुलेर बताउँदैनन् । योनी दुख्ने, पिसाब फेर्दा पोल्ने जस्ता समस्यालाई हल्का ठान्दछन् । चुप लाग्नुमा नै आफ्नो भलाई सम्झन्छन् । महिलाहरुको यही गलत सोचाइले उनीहरुको जीवन खतरामा पर्नसक्छ ।

 

मूत्रमार्ग संक्रमण (यूटीआई)

मूत्रमार्गमा हुने ब्याक्टेरिया संक्रमणलाई यूरीनरी ट्रैक्ट इन्फेक्शन (यूटीआई) भनिन्छ । यसले मिर्गौला, पिसाबथैली र मूत्रनलीलाई असर गर्छ । यो इस्केरेकिया कोलाई (ई.कोलाई) जस्ता संक्रामक जीवाणुको संक्रमणले हुने गर्छ ।
महिला र पुरुष दुवैमा यूटीआईको समस्या हुनसक्छ । तर शारीरिक संरचनाका कारण महिलाहरुमा मलद्धार र पिसाब द्धारबीचको दूरी निकै नजिक हुने भएकाले प्रजनन् स्थलमा ब्याक्टेरिया छिटै पुगेर संक्रमणको जोखिम बढाउँछ ।
फंगस, मिर्गौला, पिसाबथैली (युरिनरी ब्लाडर) एवं पिसाबनली (युरेथ्रा) मा भएका संक्रमणका कारण पनि युटिआई हुनसक्छ । करिब ४०—५० प्रतिशत महिलाहरुको जीवनमा एक पटक कुनै न कुनै किसिमको युटिआई समस्याका कारण उपचार गराउनुपर्ने अवस्था आउने गर्छ । महिलाहरुमा सिस्टाइटिस (मूत्रथैलीमा संक्रमण) र यूरेथ्राइटिस (मूत्रनलीमा संक्रमण) को समस्या धेरै देखिन्छ ।

कस्तो व्यक्तिलाई युटिआईको जोखिम बढी हुन्छ ?

  • लामोसमयसम्म पिसाब रोकेर राख्ने
  •  दिसा गरिसकेपछि राम्रोसँग सरसफाइ नगर्ने
  •  यौनांगको सरसफाइमा ध्यान नदिने
  •  पत्थरी एवं मधुमेहको समस्या
  •  मल्टी सेक्स पार्टनरसँगको यौन सक्रियता
  •  रजनोवृत्तिपछि एस्ट्रोजन हर्मोनको कमी
  •  मूत्रनलीमा खराबी
  • मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थी बढेको
  •  पिसाब फेर्न प्रयोग गरिने क्याथेटरका कारण पनि युटिआईको समस्या हुनसक्छ ।
    लक्षण
  •  पिसाब फेर्दा पोलेको महसुस हुने
  •  पिसाब लाग्ने
  • पिसाबको रंग गाढा देखिने
  • पेट एवं कम्मर दुख्ने, भारिपन महसुस हुने
  •  पिसाब गन्हाउने एवं रगत देखिने
  •  कामज्वरो आउने
  • उल्टी हुने
  • थकाई लागेको महसुस हुने

युटिआईको समस्यामा सम्बन्धित चिकित्सकको सिफारिसमा एन्टिबायोटिकको कोर्ष पूरा गर्नुपर्छ । यसका साथै पर्याप्त पानी पिउने, सरसफाइमा ध्यान दिने गर्नाले युटिआईको समस्यालाई न्युनिकरण गर्न मद्धत पुग्छ ।
(डा. बर्मा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्