Logo
|
Thursday 18th April 2024
Logo

epaper

नेपालको पहिलो महिला कार्डियाक सर्जन के भन्नुहुन्छ ?



नेपालको पहिलो महिला कार्डियाक सर्जनको रोमाञ्जक कथा
डा.दीक्षा जोशी विगत ५ वर्षदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रार कार्डियाक सर्जन हुनुहुन्छ । उहाँको कार्डियाक सर्जरीमा निकै रोमाञ्जक अनुभव छ । जानौं उहाँको आफ्नै शव्दमा ।

घटना नंं.१
चाइनामा एमबीबीएस सकेर इन्टर्नसिफ गर्दा अपरेशन थियटर (ओटी) मा काम गर्नुपथ्र्यो । ओटीमा सबै इन्टर्न विद्यार्थी एक एक जना गरी जानुपथ्र्यो । एउटा ओटीमा जानुपर्ने म अर्को ओटीमा छिरेछु । त्यहाँ मुटुको अपरेशन भइरहेको थियो । त्यतिबेला मैले पहिलोचोटी चलिरहेको मुटु देखेको थिएँ । त्यो देखेर मलाई पनि मुटुसम्बन्धि काम गर्न इच्छा जाग्यो । त्यसपछि यतैतिर लाग्दै गएँ । त्यही एउटा क्षणले मलाई कार्डियाक सर्जन बनायो ।

घटना नं.२
म सानो छँदा मेरो पोशाक (ड्रेस) घरमा ममीले आफैं सिलाइदिनुहुन्थ्यो । त्यो बेला मैले कपडा काट्ने, सिलाउने काम पनि जानेको थिएँ । रमाइलो लाग्थ्यो । मलाई काट्ने सिलाउने काम मन पर्ने भएकाले सर्जरी गर्दा पनि त्यस्तै हुने रहेछ जस्तो लाग्यो । अहिले म कार्डियाक सर्जन छु । मान्छेको मुटु काट्ने र सिलाउनेमा नै दिनहरु बित्छन् ।

मुटुको प्वाल टाल्ने र भल्व फेर्ने
गंगालाल राष्ट्रिय हृदय केन्द्रमा हरेक दिन ६ देखि ८ ओटासम्म मुटुको अपरेशन हुन्छ । ३ ओटा अपरेशन थिएटर छन् । हप्तामा ३ दिन अपरेशन गरिन्छ । एकदिन एउटाले गर्ने, अर्को दिन अर्कोले पालैपालो गरिन्छ । ठूलो र जटिल शल्यक्रिया छ भने सिनियर डाक्टरको सहयोगमा गर्छु र जटिल छैन भने एक्लै पनि गरिन्छ । मुटुको प्वाल टाल्ने, भल्व फेर्ने जस्ता मुटुको सर्जरी गरिरहेकी छु ।

रिजाइनेसन लेटर सिरानीमुनी
परिवारको साथ नभएको भए सायद म यहाँ हुन्न थिएँ होला । मेरो ३ वर्षकी छोरी छ, पहिला छोरी सानी हुदाँ निकै अफ्ट्यारो थियो । बच्चा छोडेर आउन निकै गाह«ो हुन्थ्यो । त्यो बेला मैले रिजाइनेसन लेटर (जागिर छोड्ने पत्र) सिरानीमुनि लेखेर राख्थेँ । आज भन्दा गाह«ो दिन आयो भने भोलि रिजाइन दिन्छु भनेर सोच्थेँ । तर दिनुपरेन । हरेक फिल्डमा गा¥ह«ो छ । तर धैर्य गर्नुपर्ने रहेछ । यसरी काम गर्दा पाँच वर्ष बितिसकेको पनि पत्तै पाइँन । यसैमा रमाइरहेकी छु ।

आफूलाई नरोक्नुस्
बिस्तारै मुटुमा महिला सर्जनहरु पनि आउँदैहुनुहुन्छ । अहिले गंगालालमा दुइजना महिला विद्यार्थीहरु कार्डियाक सर्जरी पढ्दै हुनुहुन्छ । यदि तपाईंलाई कार्डियाक सर्जन हुन मन छ भने बन्नुस् । आफूलाई महिला हो भनेर रोकेर नराख्नुस् ।

म र मेरो इन्स्टिच्युट
आफूले काम गरेको इन्स्टिच्युटलाई पनि आफूसँगै अगाडि लैजाने मेरो चाहाना छ र म एउटा राम्रो र उत्कृष्ठ कार्डियाक सर्जनको रुपमा चिनिन चाहन्छु । त्यही अनुसार मिहिनेतका साथ काम गरिरहेकी छु ।

प्रतिक्रिया दिनुहोस्