Logo
|
Thursday 28th March 2024
Logo

epaper

जटिल किसिमको मुटुको शल्यक्रिया



एओर्टा मुटुबाट पम्प गर्ने ठूलो नसा हो । विभिन्न कारणले यो सुन्निएको अवस्थामा फुट्ने र भित्ता च्यातिने डर हुन्छ । यसरी च्यातिएको एओर्टालाई आकस्मिक शल्यक्रिया गरेर बिरामी बचाउनुपर्छ । यो इन्डोभास्कुलर र ओपन दुवै किसिमबाट गर्न सकिन्छ ।

सामान्यत एओर्टाको साइज ३.५ सेन्टिमिटर हुन्छ । यसको साइज करिब ६ सेन्टिमिटर भन्दा बढी फूलेकोमा यो फूट्ने र यसको भित्ता च्यातिने डर हुन्छ । यो क्रिटिकल अवस्था हो । यस्तो अवस्थामा बिरामीलाई आकस्मिक शल्यक्रिया गरेर बचाउनुपर्छ । मुटुको नसा एओर्टिक नलीको भित्ता च्यातिएर हरेक घण्टा एक जनाको ज्यान जाने गर्छ । वंशाणुगत र उमेर बढ्दै जाँदा यस किसिमको समस्या हुनसक्छ । यो जटिल किसिमको शल्यक्रियाअन्तर्गत पर्छ ।
एयोर्टिक सर्जरी गर्दा मुटुमा गरिने शल्यक्रियाजस्तो मुटु र फोक्सो बन्द गरेर हार्ट लंग मेसिनबाट रक्त सञ्चार गराएजस्तो एओर्टिक सर्जरीमा हुँदैन । हार्ट लंग मेसिनबाट गराइने रक्तसञ्चारलाई समेत ३०—४० मिनेट बन्द गराएर शल्यक्रिया गर्नुपर्छ । कहिलेकाँही मस्तिष्कमा मात्र रक्त सञ्चार गराएर शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । यस किसिमको सर्जरी गर्दा करिब १० घण्टा भन्दा बढी समय लाग्ने गर्छ । एओर्टाबाट निस्केको रगत नली पहिला मस्तिष्क, दाँया हात, बायाँ मस्तिष्क र बायाँ हातमा जान्छ । यसलाई एओर्टिक आर्टस् भनिन्छ । एओर्टिक आर्टस्को शल्यक्रिया गर्दा हामी सबै रक्तसञ्चार बन्द गर्छौं ।
एओर्टाको भित्ता च्यातिने समस्यालाई एओर्टिक डायसेक्सन भनिन्छ । यस किसिमको शल्यक्रिया करिब १०—१५ प्रतिशत जोखिम हुने गर्छ । रगतको नली एओर्टा सुन्निने समस्यालाई एन्युरिजम भनिन्छ । यस किसिमको शल्यक्रिया गर्दा करिब १—२ प्रतिशत मात्र जोखिम हुन्छ । यो रोग वंशाणुगत र अक्वायर्ड गरी दुई किसिमको हुन्छ । अक्वायर्डमा उच्चरक्तचाप, मधुमेह, कोलेस्टेरोल नियन्त्रणमा राख्नुपर्छ । त्यसैल शल्यक्रिया गरिसकेका बिरामीले हरेक वर्ष सिटी स्क्यान गरेर अनुगमन गरिरहनुपर्छ । यसका साथै उच्चरक्तचाप र कोलेस्टेरोल नियन्त्रणमा राख्नुपर्छ ।
(डा.राजबंशी नेपाल मेडिसिटी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्