Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्रधानमन्त्रीले भने : डिस्चार्ज दिनू, चिकित्सकले भने : तत्काल मिल्दैन



प्रधानमन्त्रीले भने : डिस्चार्ज दिनू, चिकित्सकले भने : तत्काल मिल्दैन

अस्पताल भर्ना भएको भोलीपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा धेरै सुरधार आएको चिकित्सकहरुले बताएका छन् ।  त्रिवि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथेरिसक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रम ओलीको स्वास्थ्यमा मंगलबार धेरै सुधार भएको जानकारी चिकित्सकहरुले दिएका छन् ।

ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले प्रमको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताउँदै मंगलबार बिहान ब्रेक फास्ट पनि लिनुभएको जानकारी दिए ।

‘छातीमा भएको संक्रमण निको पार्न एन्टिबायोटिक चलाइएको छ । यो एन्टिबायोटिक कम्तिमा एक सातासम्म चलाउनुपर्छ’, उनले पत्रकारहरुसँग भने, ‘आज बिहान रगत परीक्षण पनि भएको छ, सबै रिपोर्टहरु सकारात्मक छन् तर प्रमलाई आरामको जरुरी छ ।’

उपचारमा संलग्न चिकित्सकहरुले प्रमको स्वास्थ्य विग्रनुमा दसैँको धपेडी मात्रै नभएको पनि स्पष्ट पारेका छन् । उनीहरुले दसैँको टीकाको धपेडीसँगै, आराम नगरी भेटघाट तथा मौसम परिवर्तनले पनि प्रमको स्वास्थमा असर परेको बताए ।

‘मिर्गालौ प्रत्यारोपण गरेको व्यक्तिले बढी आराम गर्नु जरुरी हुन्छ, दसैँमा टीकाको धपेडीले पनि उहाँलाई गलायो’, सायमीले भने, ‘त्यति मात्रै कारण होइन, मौसम परिवर्तनका कारण पनि प्रम बिरामी हुनु भएको हो ।’

चाँडो डिस्चार्ज दिनू 

उता प्रधानमन्त्रीले भने उपचारमा संलग्न चिकित्सकहरुलाई आफूलाई चाँडो डिस्चार्ज दिन आग्रह गरेका छन् । उनले आफूलाई पर्सीसम्ममा जसरी पनि डिस्चार्ज दिन भनेका चिकित्सकहरुले बताएका छन् ।

तर चिकित्सकहरुले पनि प्रमको स्वास्थ्यमा सुधार आएर मात्रै नहुने, उहाँले आराम पनि गर्नुपर्ने भन्दै डिस्चार्ज गर्ने निर्णय तत्काल नगर्ने अडान लिएका छन् ।

बाबुराम पुगे

यसैबीच नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल पुगेर प्रम ओलीको स्वास्थ्य अवस्था बुझेका छन् ।चिकित्सकहरुले भेटघाटमा प्रतिबन्ध लगाएपछि डा भट्टराई प्रम उपचाररत कोठाको ढोकाबाटै हेरेर फर्किएका छन् ।

त्यसैगरि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि त्रिवि शिक्षण अस्पताल पुगेर प्रमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रम बोलिजान्छन्

उपचारमा संलग्न डा. सायमीका अनुसार भेट्न आउनेसँग स्वास्थ्यको प्रवाह नगरि प्रमले बोलिँदिँदा समस्या भएको छ । ‘उहाँलाई बढी भन्दा बढी आरामको जरुरी छ’, सायमीले भने, ‘तर उहाँ स्वास्थ्यको ख्याल नगरी बोल्न थालिजानुहुन्छ, त्यसैले अहिले भेटघाटमा रोक लगाएका छौँ ।’

प्रधानमन्त्री ओली छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। अन्नपूर्ण

प्रतिक्रिया दिनुहोस्