Logo
|
Thursday 25th April 2024
Logo

epaper

वायु प्रदुषणले बर्सेनि ६ लाख बालबालिकाको मृत्यु



 

हरेक वर्ष विश्वभरका झण्डै ६ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्यांकमा वायु प्रदुषणका कारण हरेक वर्ष १५ वर्षमुनिका६ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ।

संगठनका अनुसार पाँच वर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वासप्रश्वासमा समस्या हुने गरेको छ। प्रदुषणका कारण वार्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्यांक सन् २०१६ को भएको समाचारमा जनाइएको छ।

‘यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ श्वासप्रश्वास गर्न पाउनु पर्दछ। त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,’ डब्लुएचओले भनेको छ।  तथ्यांक अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित श्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक वर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुने गरेको छ।

वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ। प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ। वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो। कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्