Logo
|
Thursday 25th April 2024
Logo

epaper

डा. दिर्घ राज आर. सी.को अध्यक्षतामा जोर्नी प्रत्यारोपण उप–समिति गठन



नेपाल अर्थोपेडिक एसोसिएसन अन्तर्गत नेपालमा कार्यरत जोर्नी प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरुको उपसमिति गठन भएको छ ।

प्रा. डा. दिर्घ राज आर. सी को अध्यक्षतामा गठन भएको उक्त समितिमा ११ सदस्य रहेका छन । जोर्नी प्रत्यारोपन समितिका उपाध्यक्षहरुमा डा. अर्जुन लामिछाने तथा डा. सजु प्रधान रहनुभएको छ ।
त्यसैगरी महासचिवमा डा. सुमन बाबु मरहट्टा, कोषाध्यक्षमा डा. ऋषि बिस्ट र समितिका सदस्यहरुमा डा. सुरेश पाण्डे, डा. सुमन श्रेष्ठ, डा. विवेक बास्कोटा, डा. श्रवण थापा, डा. शुसिल राना मगर, डा. भाष्कर पन्त रहनुभएको छ ।
उक्त नव गठित समितिले नेपालभर जोर्नी प्रत्यारोपणको स्तर वृद्धि गर्नका लागि आम जनमानसमा जनचेतना फैलाउने, खोज तथा अनुसन्धानात्मक कार्यहरुको सम्बन्धमा सेमिनार तथा गोष्ठि आयोजना गर्ने, वैदेशिक ज्ञान सिप एक आपसमा साटासाट गर्ने तथा युवा चिकित्सकहरुलाई जोर्नी प्रत्यारोपण सम्बन्धी विभिन्न किसिमका तालिम प्रदान गर्ने उद्देश्य राखेको समितिका महासचिव डा. सुमन बाबु मरहट्टाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्