Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रधानमन्त्री आज डिस्चार्ज हुँदै



प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि चिकित्सकले डिस्चार्ज दिँदै छन् । प्रधानमन्त्रीको बिहीबारको सबै रिपोर्ट सामान्य देखिएकाले शुक्रबार साँझसम्ममा डिस्चार्ज दिने तयारी रहेको प्रा.डा. अरुण सायमीले बताए ।

रगतमा चिनीको मात्रा सन्तुलित भएपछि प्रधानमन्त्रीलाई दिँदै आएको इन्सुलिन पनि बिहीबारदेखि बन्द गरिएको छ । डा. सायमीका अनुसार खोकी पनि पूर्ण रूपमा ठीक भएको छ । रुघा, खोकीसँगै छातीमा संक्रमण भएपछि उनी सोमबारदेखि मनमोहन कार्डियोथोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्