Logo
|
Thursday 28th March 2024
Logo

epaper

के हो क्यान्सर औषधिजन्य फोहोर ?



 

क्यान्सरको उपचारमा विभिन्न प्रकारका औषधिको प्रयोग गरिन्छ । जसमा साइटोटोक्सिक औषधिहरू मुख्य छन् । यी औषधिले विशेषगरी शरीरको कुनै अंगमा अस्वाभाविक रूपमा कोष वृद्धि भएमा (जसलाई क्यान्सर वा अर्बुद रोग भनिन्छ) त्यसलाई नष्ट गर्ने काम गर्दछ । यहाँ बुझ्नुपर्ने के छ भने यस्ता औषधिले अनावश्यक रूपमा वृद्धि भएका कोषलाई मात्र नष्ट नगरी शरीरका अन्य सामान्य कोषलाई समेत नष्ट गर्ने गर्दछ । तर, यस्ता औषधि अत्यन्त हानिकारक हुन्छन् । क्यान्सर रोग नलागेका व्यक्तिले सावधानी नअपनाई यस्ता औषधिको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।

यी हुन् क्यान्सर औषधिजन्य फोहोर
१. म्याद नाघेका तयारी औषधि ।
२. प्रयोग नभएका वा प्रयोग भई बाँकी रहेका औषधि ।
३. दूषित भएका तथा बिरामीबाट फिर्ता भएका औषधि ।
४. औषधि तयार गर्दा दूषण भएको
फोहोर ।
५. धारिलो वस्तु तथा सिरिन्ज, एम्पुल, भाइल ।
६. इन्फ्युजन सेट तथा भाँडो ।
७. प्रयोग भई खाली भएका बोतल ।
८. प्रयोग भएका हेपा फिल्टर तथा अन्य डिस्पोजेबल दूषित औजार ।
९. व्यक्तिगत सुरक्षाका लागि प्रयोग गरिएका दूषित उपकरण (ग्लोब्स, डिस्पोजेबल गाउन, सु–कभर, रेस्पिरेटर प्रोटेक्टिभ उपकरण आदि) ।
१०. औषधिबाट दूषित भएका उपकरण तथा औषधि पोखिएका क्षेत्र सफा गर्न प्रयोग गरिएका कटन स्वाब, कपडा तथा अन्य सामग्री ।
११. शरीरबाट निस्केको पदार्थ थाप्न प्रयोग गरिने भाँडाहरू, जस्तै : बान्तामा प्रयोग गरिने डिस्पोजेबल ब्याग । नयाँ पत्रिका

 

 

प्रतिक्रिया दिनुहोस्