Logo
|
Wednesday 24th April 2024
Logo

epaper

७३ वर्ष उमेर पुगेकालाई अनिवार्य अवकाश



काठमाडौंको चाबहीलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले ‘ॐ हस्पिटल चिकित्सक कार्यविधि २०७५’ कार्यान्वयनमा ल्याई ७० वर्ष उमेर पुगेका चिकित्सकलाई सेवामा प्रवेश नदिने निर्णय गरेको छ । अस्पतालका अध्यक्ष उद्धव पौडेलको अध्यक्षतामा कात्तिक १५ गते बसेको हस्पिटल सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

सो निर्णयसँगै हस्पिटलमा कार्यरत ७३ वर्ष उमेर पुगेका चिकित्सकलाई अनिवार्य अवकाशको व्यवस्था गरेको छ ।

डीएम र एमसिएच अध्ययन गरी विशेषज्ञता हाँसिल गरेका युवा र दक्ष चिकित्सकलाई प्रोत्साहित गर्ने र हस्पिटलले प्रवाह गर्ने स्वास्थ्य सेवालाई आधुनिक, प्रभावकारी र प्रविधि मैत्री बनाउन सो निर्णय गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताउनुभयो ।
हाल हस्पिटल रहेको भवन सँगैको आफ्नो जग्गामा १० तले सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त, अपाङ्गमैत्री एवं हेलिप्याडसुविधासहितको भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
यसका साथै हस्पिटललाई उच्च प्रविधियुक्त बनाउँदै आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने गरी एमआरआई र क्याथल्याब जडान गर्ने प्रक्रिया शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्