Logo
|
Friday 19th April 2024
Logo

epaper

भिटामिन डि ले क्यान्सरको जोखिम घटाउने



भिटामिन डिको पर्याप्त मात्राले लिभर क्यान्सरको जोखिम घटाउने एक अध्ययनले देखाएको छ । ब्रिटिस मेडिकल जर्नल मा प्रकाशित एक अध्ययनमा उक्त तथ्य सार्वजनिक भएको हो ।
भिटामिन डि छालामा घामको प्रभावबाट उत्पन्न हुन्छ । भिटामिन डिले शरीरमा क्याल्सियमको पर्याप्त मात्रा कायम गर्छ । जसले गर्दा हड्डी, दात र मांशपेशी स्वस्थ रहन्छ । भिटामिन डिले हड्डीलाई स्वस्थ राख्नुका साथै दिर्घकालनि रोगहरु जस्तै केहि क्यान्सरका प्रकारसंग लड्न पनि मद्दत पु¥याउछ ।
यसको अध्ययनमा जापान पब्लिक हेल्थ सेन्टरको ४० वर्ष देखि ६९ वर्ष सम्मका ३३७३६ जना पुरुष र महिला सहभागिताको तथ्याङ्कलाई विश्लेषण गरियो ।
सहभागिहरुले आफ्नो मेडिकल इतिहास, खानपिन र जीवनशैलिबारे विस्तिृत जानकारी गराए । सहभागिहरुको भिटामिन डिको मात्रा पत्ता लगाउन रगत परिक्षण गरिएको थियो ।
भिटामिन डिको मात्रा जाडो महिनामा निकालिएको रगत भन्दा गर्मि महिनामा निकालिएको रगतमा बढि देखियो । रगत परिक्षण गर्न दिइएको नमुनालाई कम र बढि मात्राको आधारमा छुट्याइएको थियो । सहभागिहरुलाई १६ वर्षसम्म मोनिटर गर्दा ३३०१ क्यान्ससका नयाँ समस्या देखियो । क्यान्सरका जोखिम जस्तै उमेर, तौल, शारीरिक क्रियाकलाप, धुम्रपान र मदिरापानलाई मध्यनजरमा राखेर अनुसन्धानकर्ताले भिटामिन डिको मात्रा शरीरमा पर्याप्त भयो भने क्यान्सर हुन सक्ने सापेक्षिक जोखिम २० प्रतिशत कम हुन सक्छ भन्ने नतिजा निकाले । भिटामिन डिको पर्याप्त मात्राले लिभर क्यान्सरको जोखिम कम हुने अनुसन्धानमा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्