Logo
|
Tuesday 16th April 2024
Logo

epaper

यसरी गरौँ जाडोमा वृद्धवृद्धाको हेरचाह



सामान्यतया ६५ वर्ष पुगिसकेपछि शरीरमा प्रतिरक्षा प्रणाली कमजोर हुँदै जान्छ । फलस्वरूप जाडोमा रोगको संक्रमण पनि बढ्छ, जस्तै– शरीरको तापक्रम घट्दै जानु, मुटुसम्बन्धी रोगले सताउनु, श्वासप्रश्वासका समस्या देखिनु आदि । तसर्थ, जाडो महिनामा वृद्धवृद्धाको हेरचाहमा सचेत रहनु आवश्यक हुन्छ ।

बुढेसकालमा चिसोले समात्ने सम्भावना बढी हुने हुनाले उनीहरू सुत्ने कोठा, बस्ने ठाउँ न्यानो राख्नुपर्दछ । कोठाको तापक्रम कम्तीमा १८ डिग्री सेल्सियस हुनुपर्दछ ।

बाक्लो ऊनको लुगा लगाइदिने र हावा पस्न नदिन तातो खालका सिरक ओढाइदिने गर्नुपर्छ ।

बिहान–बेलुका तातो खानेकुराका साथै चिया, तातो कफी, हट चकलेट आदि खुवाउन सकिन्छ ।

चिसोमा निस्कँदा बाक्लो खालको ट्राउजर, स्वेटर, कोट लगाउने गर्नाले चिसो पस्न दिँदैन ।

जाडोमा संक्रमणको सम्भावना बढी हुने हुनाले सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ । त्यस्तै, नुहाउँदा तातो पानीले नुहाउनुपर्दछ ।

दिनहुँ घाम लागेका वेला घाममा राखेर तेल मालिस गरिदिनु लाभदायी हुन्छ । जसले रक्तसञ्चार सहज गराउनुका साथै शरीरमा तापसमेत उत्पन्न गराउँदछ ।

जाडोमा वृद्धवृद्धामा मानसिक रूपमा बढी नै विचलन आउने हुँदा घरपरिवारको माया र सहानुभूति आवश्यक हुन्छ । त्यसैले परिवारमा वृद्धवृद्धालाई सँगै राखेर हेरचाह गर्नु आवश्यक हुन्छ ।नयाँपत्रिका

 

प्रतिक्रिया दिनुहोस्