जगन्नाथ गाउँपालिकामा कालाजारका बिरामी पाइएका छन्। उत्तरपूर्वी क्षेत्रकाे याे गाउँपालिकामा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको हो।

‘साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको छ’, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याब असिस्टेन्ट दन्त विकले भने, ‘उपचार जिल्लामा सम्भव नभएकाले उनीहरूलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ।’

हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मलेरियाको ६३ बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिए।