क्यान्सरपीडित बालकको उपचारमा समस्या
घरको जायजेथाले छोराको उपचार सम्भव नभएपछि उनीहरूले छोराको उपचारमा सहयोग गर्न अपिल गरेका छन् । बालकका ठूलोबुबा अजय मजाकोटीले बालकको उपचारका लागि आफन्तजन र शुभेच्छुकबाट सहयोग जुटाउन थालिएको बताए । बालक अहिले चरणबद्ध उपचारमा छन् । कमजोर आर्थिक अवस्थाका कारण आफ्नो जायजेथाबाट मात्रै उपचार हुन नसक्ने भएकाले सहयोगको अपिल गरिएको बालकका बुबा सुकबहादुरले बताए ।
बालकको उपचारमा हालसम्म १० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको आमा प्रमिलाले बताइन् । कतारमा काम गर्दै आएका पतिले पठाएको रकमबाट अहिलेसम्म जेनतेन छोराको उपचार खर्च धान्दै आएको उनको भनाइ छ । बालकको उपचारमा सहयोग गर्न चाहने दाताले हिमालयन बैंकको खाता नम्बर ००२०७५८५७८००१८ रकम जम्मा गर्न सक्ने आफन्तले बताएका छन् ।नयाँपत्रिकाबाट