Logo
|
Friday 19th April 2024
Logo

epaper

कलेजोमा समस्या देखिए के गर्ने ?



 

अधिकांश मानिस सिरोसिस अर्थात् कलेजोमा लाग्ने रोगबाट पीडित भएको पाइन्छ, जुन अत्यधिक अल्कोहल सेवनको नतिजा हो । यसले कलेजोमा निकै असर पुर्‍याइरहेको हुन्छ ।

कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो । तर, कतिपय अवस्थामा निरन्तर अस्वाभाविक रूपमा हुने कोषिकाको क्षतिले गर्दा कहिल्यै निको नहुने अवस्था पनि आउँछ । जुन सिरोसिसको कारण पनि बन्न सक्छ ।

सामान्यतया कलेजोमा समस्या आउँदा हामीले ध्यान दिइरहेका हुँदैनौँ । थकान महसुस हुनु, अत्यधिक भोक लाग्नु यसका प्रारम्भिक लक्षण हुन् । सिरोसिस हुँदा शरीरमा विभिन्न लक्षण देखिन्छन्, जसको सहायताबाट हामी कलेजोमा आएको गडबडी थाहा पाउन सक्छौँ ।

लक्षण
-छाला चिलाउनु
-सामान्यतया सुक्खापनले छाला चिलाउने गर्दछ । तर, सिरोसिसका कारण कलेजोले उत्पादन गर्ने पित रगतमा आउने हुँदा छाला चिलाउन सुरु गर्दछ ।
-छालामा गिर्खा देखिनु
-कलेजोको खराबीका कारण छालामा गिर्खा आउँछ । उच्च एस्ट्रोजनका कारण गिर्खा देखिने र हराउने गरिरहन्छन् । जुन मेटाबोलिस नामक हर्माेनमा आएको गडबडीले गर्दा हुन्छ ।
-ब्रुसिङ एन्ड बिल्डिङ
-सानोतिनो चोटपटक लाग्दा पनि सजिलैसँग धेरै रगत बग्ने गर्दछ भने सोच्नुहोस् तपाईंको कलेजोले सही ढंगले काम गरिरहेको छैन । —रगत जम्ने हर्मोनमा कमी आउनुका कारणले यस्तो भएको हुन सक्छ ।
-श्वास गनाउनु
श्वासका मार्फत हाम्रो शरीरमा भएका धेरै रोगको पहिचान गर्न सकिन्छ, जस्तै– साइनसाइटिस दम आदि ।
अनुहारमा दाग आउनु
-सिरोसिसका कारण अनुहारमा अनावश्यक रूपमा खैरोपन आउन थाल्छ । कलेजोको गडबडीका कारण शरीरमा एस्ट्रोजनको मात्रा बढ्छ ।नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्