Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल मेडीसिटीमा “सशक्तिकरणतर्फ नर्सहरु” विषयक सिम्पोसियम कार्यक्रम आयोजना




ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतलले नर्सिङ्ग इमपावरमेन्ट कार्यक्रम अन्तर्गत सशक्तिकरण तर्फ नर्स विषयक सिम्पोसियम आयोजना गरेकोे छ ।
कार्यक्रमका लागि क्यानडाबाट आउनुभएकी रामाए एसले आफुले नेपाली नर्स र क्यानडाको नर्समा केहि भिन्नता नपाएको बताउनुभएको छ । नर्सहरुलाई उर्जावान भएर अघि बढ्न उहाँले प्रोत्साहन गर्नुभएको छ ।
करिब १ सय नर्सको सहभागीता रहेको उक्त कार्यक्रममा अस्पतालकी प्रबन्ध निर्देशक डा. समता प्रसादले दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदैँ महाप्रबन्धक डा. दिप्तेस अर्यालले हरेक नर्सको भूमिका उक्तिकै महत्वपूर्ण रहने बताउनुभयो । उहाँले सबैको साथ भएमा सशक्तिकरणको अभियान सफल हुने बताउनुभयो ।

त्यस्तै, नर्सिङ्ग एसोसियसन नेपालका तर्फबाट अम्बिका पौडेलले नर्सिङ्ग पेशामा व्यक्तिगत चुनौती थुप्रै रहेता पनि नर्सहरुसँग अरुको पीडालाई आफ्नो सम्झेर सधैँ काम गर्न सक्ने क्षमता रहने बताउनुभयो ।

पहिलाको तुलनामा नर्सहरु ज्ञान र सिप हासिल गरेर दक्ष भएकाले स्वास्थ्य क्षेत्रको विकासमा यसले धेरै टेवा पुग्ने धारणा पाण्डेले राख्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयलाई प्रतिनिधित्व गरी कार्यक्रममा उपस्थित हुनुभएकि कविता पाण्डेले मिड वाइफ र नर्सहरुलाई लक्षित गरी सरकारी तहबाटै धेरै कार्यक्रमहरु पाइपलाइनमा रहेको बताउनुभयो ।

साविकको तुलनामा नर्सहरुलाई अवसर वृद्धि भएकोमा समेत उहाँले जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न विषयमा अन्तक्र्रिया गरिएको थियो भने मुख्य प्राथमिकता सशक्तिकरणको विषयलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्