Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य राज्यमन्त्रीको छड्के जाँच, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धेरै लापरबाही



स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले स्वास्थ्य मन्त्रालय मातहतका विभाग तथा महाशाखाहरुको आकस्मिक निरीक्षण गर्नुभएको छ ।

बुधबार दिउँसो स्वास्थ्य सेवा विभाग टेकुमा पुगेर स्वास्थ्य राज्य मन्त्री यादवले स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, आपूर्ति व्यवस्था महाशाखा र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा मन्त्री यादवले निरीक्षण गर्नुभएको हो

। मन्त्री यादव स्वास्थ्य सेवा विभागमा पुग्दा कर्मचारीहरुको उपस्थिति धेरै कम मात्रामा पाइएको थियो ।

स्वास्थ्य राज्यमन्त्री यादवले विभागमा कर्मचारीहरुको उपस्थिति निकै कम रहेको जानकारी दिनुभयो ।

उहाँले अधिकांश कर्मचारीहरु कार्यक्रममा गएको तथा कतिपय कर्मचारीहरु हाजिर गर्नासाथ घर गएको पाइएको बताउनुभयो । उहाँले काज लिएर फिल्डमा गएका स्वास्थ्यकर्मीहरुको विवरण समेत नभएको बताउनुभयो ।

कतिपय स्वास्थ्यकर्मीहरुले भने हाजिर नगरी बस्ने गरेको भेटिएको मन्त्री यादवको भनाई थियो ।

उहाँले अन्य निकायमा भन्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुको लापरबाही भेटिएको जानकारी दिनुभयो । प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुले निरन्तर काम नगरेको, विदा लिएको कर्मचारीहरुको विवरण हाजिरमा उल्लेख नगरेकोे जस्ता समस्या भेटिएको बताउनुभयो ।

परिवार कल्याण महाशाखामा कार्यरत १४ जना स्वास्थ्यकर्मीहरु बाहिर गएको जानकारी पनि उहाँले दिनुभयो । स्वास्थ्य राज्यमन्त्री यादवका स्वकीय सचिव सञ्जय कुमार यादवले केही स्वास्थ्यकर्मीहरु समय अगाडी कार्यालयबाट घर जाने गर्ने गरेको जानकारी दिदै त्यस्ता स्वास्थ्यकर्मीहरुको विवरण लिएर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य मन्त्रालय मातहत रहेका स्वास्थ्यकर्मीहरुको कमीकमजोरी धेरै पाइएकोले त्यस्ता कमजोरी नदोहो¥याउन पनि मन्त्री यादवले निर्देशन दिनुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्