Logo
|
Thursday 25th April 2024
Logo

epaper

भक्तपुर क्यान्सर हस्पिटलमा म्यामोग्राम सेवा सञ्चालन



भक्तपुर क्यान्सर हस्पिटलमा दुईवटै म्यामोग्राम सेवा सञ्चालनमा आएको छ ।

म्यामोग्राम मेसिनमा प्राविधिक समस्या देखा परेर केही दिनदेखि अवरुद्ध भएको सो सेवा पूर्ण रुपमा सञ्चालनमा आएको हस्पिटलले जनाएको छ । हस्पिटलमा दैनिक २० देखि २५ जनाले म्यामोग्राम सेवा लिँदै आएका छन् ।

म्यामोग्राम एक्सरे मेसिन हो जसले स्तन क्यान्सर स्क्रिनिङ र डायग्नोसिस गरी रोग थप उपचारमा महत्वपूर्ण भूमिका खेल्छ । निजी स्तरका अस्पतालहरुमा ३ देखि ५ हजारसम्म पर्ने यो सेवा भक्तपुर क्यान्सर हस्पिटलमा ५ सय रुपियाँमा उपलब्ध हुदै आएको अस्पतालका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ (इश्वर) ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्