Logo
|
Saturday 20th April 2024
Logo

epaper

आज २७ औं अन्तराष्ट्रिय अपाङता दिवस, बिशेष शिक्षक आन्दोलनमा



मेरी छोरी २६ वर्षकी भइन् एकदिन स्कुल जान पाइन भने धुरुधुरु रुन्छिन । बौद्धिक अपाङगता भएकी उनलाई विद्यालय पढ्ने वातावरण मिलाइदिन सरकारसंग ती आमाले आग्रह गरेकी छिन ।
बौद्धिक अपाङगता भएकी २६ वर्षीया रजनी श्रेष्ठकी आमा पे्रमकुमारीले गहभरी आशु झार्दै भन्नुभयो– हाम्रा छोराछोरी अध्ययन गर्ने वालवालिकाको अधिकार सुरक्षित गर्नुप¥यो । मेरो छोरी अहिलेपनि बच्चा जस्तै छिन । मेरी छोरी सधै स्कुल जान चाहिन्छन । मेरो एउटा मात्र माग छ‘ –बच्चालाई आजीवन विद्यालमा राख्न पाउँ ।

रजनी जस्तै देशभरका ३२ विद्यालयमा करिब ७६ हजार स्कुले वालवालिकाको अवस्था अहिले यस्तै छ । सरकारले १८ वर्ष उमेर कटेका वालवालिकालाई विद्यालय उमेर समुहको मान्यता दिदैन । तैपनि उनीजस्ता पढ्न नसक्ने विद्यार्थीलाई आजीवन विद्यालय जान पाउने व्यवस्था सरकारले गरिदिनु पर्दछ । नेपालकै पहिलो बौद्धिक अपङता भएका वालवालिका लक्षित गरी खोलिएको निर्मल वालविकास विद्यालयकी छात्रा रजनी अहिले पनि विद्यालय गैरहेकी छिन् ।

विद्यार्थीलाई त सुविधा दिन नसक्ने सरकारले शिक्षकलाई पनि कुनै सुविधा दिन सकेको छैन । १० किसिमका अपाङता भएका वालवालिकालाई लक्षित गरी खोलिएका विद्यालय मध्य निर्मलमा अहिले ८५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।

सो विद्यालयी प्रधानाध्यापक ज्योती भट्टराईले सधै अनुगमन गर्न आउने निकायले तपाईको विद्यालयमा कति वर्षका विद्यार्थी अध्ययन गरिरहेका छन भनेर सोध्ने गरेको बताउनुहन्छ ।


वच्चाकै जस्तै व्यवहार गर्ने विद्यार्थीलाई उमेर हद कायम गर्न नहुने उहाको तर्क छ । सरकारले रजनी जस्तै खगेन्द्र नवजीवन केन्द्रमा अध्ययन गरेका मध्य बोल्न नसक्ने गौरव थापा, सुमित राई, सोनाम शेर्पा, विद्युत सर्ट भएर दुवै हात गुमाएकी सविता थापा र सम्झना तामाङ लगायतका विद्यार्थीको अवस्था दयनीय छ ।

विद्यार्थी मात्रै होइन, शिक्षकको हालत पनि त्यस्तै छ खगेन्द्र नवजिवन केन्द्रका प्रधानाध्यापक राघवप्रसाद दवाडी भन्नुहुन्छ–सरकारले स्थायी भनेर नियुक्ती गरेका शिक्षकलाई सरकारले अपहेलना गरेको छ ।

यतिसम्मकी शिक्षक किताब खानाले हाम्रो पेन्सनपट्टा दिएको छैन, सेवा सुविधा त परै जाओस पेन्सन समेत दिएको छैन, शिक्षक अनुमतिपत्र दिएको छैन । उहाले सरकारसंग पटक पटक गुहार माग्दापनि समस्या समाधान गर्ने विषयमा चासो नदेखाएको दावी गर्नुभयो ।

त्यसैले विशेष शिक्षा शिक्षक महासमितिले एक महिना अघिदेखि आन्दोलन गर्दै आएको छ । अपाङता भएका विद्यार्थीलाई अध्ययापन गर्नेगरी विषेश शिक्षा समिति गठन भएको थियो । २०५८ सालदेखि स्थायी शिक्षकको मान्यता पाएका हामीले पेन्सन पाएका छैनौ–दवाडीले भन्नुभयो ।

शिक्षा नियमावली २०५९को नियम ६५मा र शिक्षा ऐनको आठौ शंसोधनमा विशेष तथा समावेशी शिक्षकको सेवा सुविधाको विषयमा उल्लेख गरेता पनि सरकारले ती शिक्षकप्रति पुर्ण रुपमा वेवास्ता गरेको उहाको आरोप थियो ।
हाल अपाङता भएका विद्यार्थी अध्ययन गर्न देशभर १ सय ७२ शिक्षक र १ सय ८ जना कर्मचारी छन् । ती मध्य ७६ जना शिक्षक स्थायी हुन । सरकारले माग पुरा गर्ने विषयमा कुनै चासो नदेखाएपछि सबै शिक्षक र कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । चितवनका शिक्षक पुर्णकान्त कोइरालाले सरकारले प्रतिवद्धता जनाए अनुसार शिक्षकलाई सेवा सुविधा दिनुपर्ने बताउनुभयो ।

कातिक १६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल, शिक्षा सचिव खगराज बराल र शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वावुराम पौडेल समक्ष १४ सुत्रीय मागपत्र पेश गरेका विशेष शिक्षा शिक्षक महासमितिले माग पुरा गर्ने विषयमा सरकारले वेवास्ता गरेको आरोप लगाउदै आन्दोलन घोषणा गरेको हो ।

आज अन्तराष्ट्रिय अपाङगता दिवसको दिनदेखि हामी निरन्तर रुपमा अन्दोलन गर्नेछौ, शिक्षक महासंघको समेत सहभागितामा केन्द्रमा घेराउ गर्नेछौ–महासमितिका अध्यक्ष समेत रहनुभएका दवाडीले भन्नुभयो । महासमितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहनुभएको वशेष शिक्षा परिषदको अनुदानमा कार्यरत स्थायी शिक्षकको तलब भत्ता, ग्रेड, सञ्चयकोष पाइरहेका स्थायी शिक्षकका शिक्षक किताबखानामा पद दर्ता गराई वृत्ती विकासको व्यवस्था गर्नुपर्ने,विशेष विद्यालयमा आधारभुत तथा मावि तहसम्म अध्यापन गर्ने विद्यालयमा शिक्षक र कर्मचारीको दरबन्दी उपलब्ध गर्नुपर्ने, ६० वर्ष पुरा भएका कर्मचारीलाई कम्तिमा अस्थायी शिक्षक सरहको सुविधा उपलब्ध गराई अवकाशको व्यवस्था गर्नुपर्ने, अपाङगता भएका शिक्षकहरुलाई उपयुक्त परीक्षा प्रणालीको प्रयोग गरी स्थायीत्व गर्नुपर्ने लगायतका माग रहेका छन् ।

माग पुरा नभए १९ गतेदेखि निरन्तर केन्द्रमा धर्ना दिने कार्यक्रम तय गरेका छन् । आज २७ औ अन्तराष्ट्रिय अपाङगता दिवासको पुर्व सन्ध्यामा आन्दोलनको घोषणा गरेका शिक्षकले ‘मलाई शिक्षक कर्मचारीको गणना गर म शिक्षण पेशा गर्दै आइरहेको छु‘भन्ने नारा तय गरेको छ ।  नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्