Logo
|
Friday 29th March 2024
Logo

epaper

बाइकको चेनले चुडिएको औंलाको मेडिसिटिमा सफल शल्याक्रिया




लुम्बिनीका धर्मेन्द्र पलको  तिहारका बेला आफ्नै मोटरसाइकल सफा गर्ने क्रममा चेनले औंला चुडिन पुग्यो । बिहान करिब १० बजे बायाँ हातको दुइ ओटा औंला चुडिएका पल काठमाण्डौ आइपुग्दा झण्डै ४ बजेर ३० मिनेट भएकोे थियो ।

डा. ज्योति रायमाझी र डा.संगम रायमाझीको नेतृत्वमा सोहि दिन ५ बजे शुरु भएको शल्यक्रिया राती १ बजे अर्थात अर्कोदिन सम्पन्न भएको थियो । डा.रायमाझीका अनुसार औंलाको शल्यक्रिया आफैमा जटिल रहेकोमा धर्मेन्द्र पलको औंलाको चोट र शल्यक्रिया नेपालको हकमा असामान्यनै रहेको बताउनुभयो ।

८ घण्टा लगाएर जोडिएको औलाको हड्डीलाई के–वायरले जोडिएको, र २ वटा डिजिटल आर्टरी, २ वटै डिजिटल भेन, र २ वटा डिजिटल नशा मर्मत गरिएको हो । औला चुडिए पछि झण्डै १ साता अस्पतालमा भर्ना भएका धर्मेन्द पल यस अघि, ५ महिना अघि पाटन औद्योगीक क्षेत्रभित्र काम गर्ने क्रममा औंला चुडिएर “फिंगर रिप्लान्ट” गरिएकी महिला अहिले कलम समाएर लेख्न सक्ने भइसकेकि छिन् । यस पटक लुम्बिनीका पलको पनि शल्यक्रिया गर्न डा. रायमाझीको टोली सफल भएका हुन् ।

साधारण रिप्लान्ट भन्दा औलाको टुप्पोको भागको रिप्लान्ट गर्नु चुनौतीपूर्ण रहेको चिकित्सहरुको अनुभव रहेको छ । झण्डै १ साताको अस्पताल बसाई पनि धर्मेन्द्र पल घर फर्किसकेकका छन् ।

प्रतिक्रिया दिनुहोस्