Logo
|
Friday 19th April 2024
Logo

epaper

उपमहानगरमा ‘रेपिड रेस्पोन्स टिम’



घोराही उपमहानगरपालिकाले महामारी रोग तथा प्रकोपजन्य रोग निवारणका लागि तत्काल सुनुवाइ गर्न ‘रेपिड रेस्पोन्स टिम’ नाम दिएर एउटा समिति बनाएको छ ।
उपमहानगरको स्वास्थ्य शाखाले जनस्वास्थ्य प्रर्वद्धन समितिका संयोजक खोपीराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय उक्त समिति बनाएको हो । उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीमगरले दिएको जानकारीअनुसार उक्त समितिमा स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी, शहरी स्वास्थ्य क्लीनिक, स्वास्थ्य स्वयं सेविका र स्थानीयवासीलाई सहभागी गराइएको छ ।

उहाँका अनुसार उपमहानगरले पहिलोचरणमा नगरस्तरीय समिति बनाए पनि अब त्यो समितिलाई वडा वडामा प¥याइने छ । जसमा सम्बन्धित वडाध्यक्ष समितिको संयोजक रहने व्यवस्था गरिएको छ । सदस्य सचिवमा स्वास्थ्य संस्था प्रमुख, वडा सदस्य, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य संस्थाको फोकल पर्सन एकजना सदस्यमा रहने व्यवस्था गरेको छ ।
उपमहानगरका प्रमुख नरुलाल चौधरीका अनुसार महामारी तथा विपद् व्यवस्थापनका लागि औषधि उपमहानगरभित्रका नारायणपुर स्वास्थ्यचौकी, सैघा, धर्ना, रामपुर र नयाँबजार स्वास्थ्य केन्द्रमा तयारी अवस्थामा राखिने छ र विपतको समयमा दु्रत गतिमा प्रभावित जनतासमक्ष सेवा पु¥याइने छ ।

नगर प्रमुख चौधरीले कुनै पनि महामारी र विपद् आउनै नदिन अपनाउन सकिने उपायको बेलैमा खोजी गर्नुपर्ने हुँदा आफुहरुले पहिलो चरणमा समिति गठन गरी जिम्मेवारी दिएर नयाँ कामको थालनी गरेको बताउनुभयो ।

उहाँले जनप्रतिनिधि र स्वास्थ्यका कर्मचारीलाई महामारीका साथै कुनै पनि रोग लाग्नै नदिन समाजमा सचेतना फैलाउन निर्देशन समेत दिइसकेको बताउनुभयो । रासस
–––

प्रतिक्रिया दिनुहोस्