Logo
|
Thursday 28th March 2024
Logo

epaper

अल्लारे प्रेमले १३ वर्षमै गर्भवती



सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध झन बढी गहिरो बन्न पुग्यो तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन स्याङ्गजा कि एक बालिका । सामान्य हासखेल भयो केटाले अरु सङ्गै विहे गरादिने डरले बालिकालाइ आफ्नो बनाउनकै लागि दुबैको सहमतिमै सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुबै जनालाइ अहिले अप्ठेरोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्– “हामी बिच प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाइ छाड्न सक्दैनौ“ । बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफुले बच्चालाई जन्म दिने बताइन । “स्याङ्गजा जिल्ला बस्ने उनी लाई थाहै थिएन उनी आमा बन्न लागेको कुरा १३ वर्ष ८ महिना १० दिनकी भएकि बालिका विधालय जादा टाउको दुख्ने, पेट दुख्ने हुदा उनलाइ सिटामोल मात्र दिइयो, ३ महिना अगाडि विधालयकी एक शिक्षिकाले होमवर्क जाच्ने क्रममा पेट ठूलो देखि पछि मात्र गर्भवती हुन लागेको कुरा बाहिर आयो“ थ्री एन्जल्स नेपालका प्रशासकिय सचिव भिम पौडेलले भने ।

परिवारको सम्पर्कमा भएको उनलाइ कुनै क्षति नहुन दिनको लागि आफुहरुले केयर सेन्टरमा राखेको पौडेलले जानकारी दिए । सोही क्रममा बोल्दै उनले “केटा भारत गएको रहेछ, कास्की प्रहरिको सहयोगमा केटालाइ पोखारा ल्याइयो र अहिले उनलाइ स्याङ्जा प्रहरीको जिम्मा लगाइएको छ । कानुनले १६ वर्ष भन्दा मुनिका बालिकालाइ सहमतिमै सम्बन्ध भएपनी त्यसलाइ जवरजस्ती करणिकै मुद्वा लाग्ने कास्की प्रहरी प्रमुख ओम रानाले बताए । “उमेर पुगेपछी दुबैले विहे गर्ने भनेका छन, अहिले बालिका केयर सेन्टरमा रहेकि छन र केटा प्रहरी नियन्त्रणमा छ“ रानाले भने ।

बालिकाको अवस्था सामान्य रहेको पश्चिमाञ्चल अस्पतालले जानकारी दिएको पौडेलले बताए । डाक्टरले मंसिर १७ गतेको समय दिए पनि आझै बच्चा पाउन सकेकी छैनिन । उनले बच्चालाई जन्म दिए पनि पढाइलाइ भने निरन्तरता दिन सक्ने सचिव पौडेलले जानकारी दिए ।

हासखेलको क्रममा भएको गल्तिले गर्दा नै यस्तो अवस्था आउने गरेको उनिहरु बताउछन । यस्ता घटनाकै कारण बालिकाहरुले आत्म हत्या समेत गर्न सक्ने पौडेलको भनाइ छ । विषय बस्तु अत्यन्तै संवेदनशिल भएकाले सबैले सहयोग गर्नु पर्ने उनले बताए । परिवारले समेत उनिहरुलाइ स्विकार्ने देखिएको छ ।

आफ्नो भविष्य बनाउने उमेरमै आमा बन्नु साच्चिकै दयनिय छ । समाजमा सहमतिमै पनि असुरक्षित यौन सम्बन्धको कारण कतिले मृत्युलाई अगालेका छन कति घरबार बिहिन हुन पुगेका छन । नेपाली समाजमा अझै पनि सुरक्षित यौन सम्पर्कको लागि अपनाइने साधन किन्न वा मेडिकल जान लजाउछन जस्ले गर्दा उनिहरुको भविष्यनै धरापमा पर्ने गरेको छ । यस्का लागि सरकारले जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक देखिन्छ । नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्