Logo
|
Friday 29th March 2024
Logo

epaper

टुडिखेलमा बनाइएको डेड सी म्यापमा नेपाल मेडीसिटीद्वारा निःशुल्क शिवर सञ्चालन




प्लाष्टिक रहित वातावरणका लागी अपिल गर्दै स्टेम फाउण्डेसन र नेपाल सरकार वातावरण विभागको पहलमा आयोजना गरिएको कार्यक्रममा नेपाल मेडीसिटी अस्पतालको शिवर सञ्चालन भएको छ । विभिन्न क्षेत्रबाट करिब १ लाख प्लाष्टिक संकलन गरी डेड सी बनाइएको हो ।

प्रत्येक दिन प्रयोग हुने र फालिने प्लाष्टिकले प्रकृतिमा ठुलो नोक्सान पार्दै गएको र सन् २०२० सम्ममा अवस्था धेरै भयानक बन्न सक्ने भएकाले सचेतनाका लागी यस अभियान शुरु गरिएको हो । कार्यक्रममा विद्यार्थी लगायत विभिन्न संघसंस्थाको संलग्नता रहेकोमा नेपाल मेडीसिटीले शिवर सहित आवश्यक खण्डमा आकस्मिक उपचारका लागी समेत व्यवस्था गरेको थियो ।

वतावरण संरक्षण प्रति ध्यानाकर्षण गराउने अभियानमा मेडिकल पार्टनरको रुपमा अस्पताल सहभागी भएको हो । प्लाष्टिकको प्रयोगले प्रकृति र प्राणीको स्वास्थ्यमा प्रतिकुल असर पार्र्ने भएकाले गिनिज रेकर्ड राख्ने कदममा रहेको अभियानमा अस्पतालले साथ दिएको हो ।

जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा मेडिकल टोलीले विधार्थीहरुको स्वास्थ्य जाँच संगै सचेतनामूलक अन्तक्र्रियामा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्