Logo
|
Thursday 28th March 2024
Logo

epaper

गरिब तथा बिपन्नको गाउँमा स्वास्थ्य शिविर



सिरहाको गोलबजार नगरपालिका ३ नं. वडा कार्यालयको समन्वयमा वडा क्षेत्रका गरिब तथा बिपन्न नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल हस्पिटलसँगको साझेदारीमा वडा कार्यालयले स्वास्थ्य शिविर चलाइएको वडाध्यक्ष धनप्रसाद लामाले बताए । वडाध्यक्ष लामाका अनुसार शिविरमा श्वास प्रश्वास, दाँत, छाती, दमका बिरामीहरुको स्वास्थ्य जाँच गरी निःशुल्क रुपमा औषधि वितरण गरिएको छ ।

हस्पिटलका बरिष्ठ चिकित्सक डा. श्यामकुमार साहको नेतृत्वमा ६ जना जेनरल फिजिसयन, दाँत, स्नायु तथा नशाका चिकित्सकहरुको टोलीले बिरामीहरुको जाँच गरेको वडाध्यक्ष लामाले बताए ।

पाठेघर खसेका महिला बढी
स्वास्थ्य शिविरमा जाँच गराउन आएका महिलामध्ये २५ जना महिलाको पाठेघर खसेको समस्या पाइएको शिविरमा सहभागी स्वास्थ्य चौकी जमदहका इञ्चार्ज इनद्रजित साहले बताए ।

‘शिविरमा जाँच गराउने क्रममा पाठेघर खसेका महिलाको थप उपचारका लागि वडा कार्यालयले समन्वय गर्नेछ’ वडाध्यक्ष लामाले भने ‘शिविरमा छुटेका वडा अन्तर्गत पर्ने गाउँ टोलमा बसोवास गरिरहेका महिलाहरुका लागि पाठेघर जाँचका लागि आगामी पुसभित्र पाठेघर जाँचको विशेष शिविर चलाउँदैछौं ।’ नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्