Logo
|
Wednesday 24th April 2024
Logo

epaper

सातौँ अन्तर्राष्ट्रिय प्रसव फिस्टुला (अब्स्टेट्रिक फिस्टुला) सम्मेलन राजधानीमा सम्पन्न



 

“सबैको लागि आशा, उपचार तथा सम्मान” भन्ने नाराका साथ सातौं अन्तर्राष्ट्रिय प्रसव फिस्टुला (अब्स्टेट्रिक फिस्टुला) सम्मेलन भब्यताका साथ राजधानीमा सम्पन्न भएको छ ।

सम्मेलन बुधबारदेखि शनिबारसम्म चलेको थियो । सम्मेलनको आयोजना नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ समाज (नेसोग) र अन्तर्राष्ट्रिय प्रसव फिस्टुला शल्य चिकित्सक समाज (आईसफ्स) को संयुक्त आयोजनामा भएको हो ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगालले फिस्टुलाको सम्भावित कारण, जटिलता, रोकथाम, निदान, अभिलेखीकरण तथा उपचार विधि सम्बन्धी जानकारी आदनप्रदान गर्ने उद्देश्यले सम्मलेन आयोजना गरिएको बताउनुभयो ।
५ सय जना सहभागी भएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीबाट करीब १ सय ५० वटा शोधपत्रहरु प्रस्तुत गरिएको थियो । त्यसैगरी फिस्टुलासम्बन्धी ४० भन्दा बढी सूचना सामाग्रीहरु प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

फिस्टुलाबाट पिडित महिलाहरुको स्वस्थ्य जीवपनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्ने उद्धेश्य सहित यस समस्या समाधानको लागि भइरहेको सेवा, कार्यक्रम तथा कार्यान्वयनलाई यो सम्मलेनले थप सहयोग पु¥याउने आयोजकले जनाएको छ ।

प्रसव फिस्टुला के हो ?
प्रसूतिको बेलामा अथवा शिशु जन्माउने क्रममा लामो समयसम्म ब्यथा लाग्दा आमाको गर्भबाट शिशु सहजै बाहिर निस्कन सक्दैन । यो अवधिमा शिशुको टाउकोले योनीमार्ग, पिसाब थैली वा मलाशयलाई धेरै समय च्याप्छ । यसरी च्यापिएपछि त्यस भागमा रक्तसञ्चार बन्द भएर त्यहाँको मांसपेशी मर्छ । सो स्थानमा प्वाल पर्ने सम्भावना पनि हुन्छ । यस्तो समस्या (प्वाल) पिसाबथैली र योनीमार्गको बीचमा छ भने योनीबाट लगातार पिसाब चुहिन्छ । साथै यस्तो प्वाल योनिमार्ग र दिसाथैलीको बीचमा परेको छ भने योनीबाट दिसा निस्कन्छ वा यो दुबै ठाउँमा परेको भए योनीबाट दिसापिसाब दुबै निस्कन्छ । यसलाई नै प्रसव फिस्टुला भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्