Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल मेडीसिटीमा थाइराइड व्यवस्थापन विषयक दुइ दिने कार्यशाला सम्पन्न



 ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटि अस्पतालमा थाइराइड समस्या ब्यवस्थापन विषयक दुइदिने कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमको आयोजना नेपाल मेडीसिटी अस्पतालले गरेको हो, भने पब्लीक हेल्थ फाउण्डेसन अफ इण्डिया, चेल्लाराम डायबेटिस इन्स्टिट्युट तथा डायबेटिस एण्ड इन्डोक्राइनोलोजी एशोसिएसन अफ नेपाल (डिन)को समेत सहयोग रहेको छ ।

प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुभएका सांसद तथा नेपाली कंग्रेसका नेता प्रदीप गिरीले समयमै समस्या पत्ता लगाई सहि उपचार पाउनसके थाइराइड व्यवस्थापन सहज बन्न सक्ने धारणा राख्नुभयो ।
पहिलोपटक प्रमुख अतिथि बन्न स्विकार गर्नुभएको बताउदै गिरीले थाइराइड विशेषज्ञहरुबाट प्रभावित भएको बताउनुभयो । सिग्मन फ्रइडको साइकोलोजी फर एभरी डे अफ लाइफबाट साभार गर्दै उहाँले हरेक चिकित्सकले सहि परामर्श दिदैँ बिरामीलाई भयबाट टाढा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा देशभर तथा भारतबाट समेत गरि ४० भन्दा बढिको सहभागिता रहेको थियो ।
नेपाल मेडीसिटी वेलनेस विभाग प्रमुख डा. मिमि गिरीले २ दिने कार्यक्रममा ४ शत्र रहेको र थाइरोइड व्यवस्थापनमा सक्रिय चिकित्सकहरुलाई यसले धेरै मद्धत गर्ने अपेक्षा रहेको बताउनुभयो ।
४ मोड्युलमा विभाजित कार्यक्रमको पहिलो दिन थाइरोइड समस्याको परिचय र हाइपोथाइरोइडिजम्मा केन्द्रित रहेको थियो । त्यस्तै शनिबार अर्थात दोश्रो दिन भने हाइपर थाइरोइडिजम् व्यवस्थापन तथा थाइरो टक्सीकोसीस् र थाइरोडियोलोजी विशेषमा छलफल गरिएको थियो । कार्यक्रमको समापन गर्नुअघि वरिष्ठ थाइरोइड रोग विशेषज्ञ, नाक कान तथा घाँटी विशेषज्ञ सहित रेडियोलोजीप्स्ट र प्याथोलोजीस्ट सहितको प्यानल डिस्कसन समेत गरिएको थियो ।

देशभरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी यस कार्यक्रममा भारतबाट आउनुभएका डा.हरिश चाँदवानीले यस किसिमको कार्यक्रमले नयाँ नयाँ अध्ययन र उपयोगी प्रविधिका बारेमा जानकारी हासील गर्न सहयोग पु¥याउने प्रतिक्रिया दिनुभयो । उहाँले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी समेत व्यक्त गर्नुभयो ।
शनिबार सम्पन्न भएको कार्यक्रमले विभिन्न स्थानमा छरीएर रहेका चिकित्सकहरु मार्फत थाइरोइडको उपचारमा अझ उन्नत हुने अपेक्षा आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्