Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रधानमन्त्री ओलीको मुटु परीक्षण



प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु परीक्षण गराएका छन् ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटु परीक्षण गरिएको हो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी सहितको चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरेका थिए । डा. सायमीका अनुसार, प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा इको र इसिजी गरेको जानकारी दिए । स्वास्थ्यमा कुनै समस्या भएर अस्पताल आउनुभएको होइन, डा. सायमीले भन्नुभयो—‘नियमित स्वास्थ्य परीक्षण गर्न आउँदा इसिजी र इको गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्