Logo
|
Thursday 28th March 2024
Logo

epaper

न्यूरो हस्पिटललाई न्युरोलोजीमा डीएम अध्यापनको स्वीकृति



काठमाडौं विश्वविद्यालयले काठमाडौंका बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स न्यूरो हस्पिटललाई न्युरोलोजीमा डीएम कोर्ष अध्यापनका लागि स्वीकृति प्रदान गरेको छ । विश्वविद्यालयले न्यूरो सर्जरीमा एमसिएचको कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । हालसम्म अस्पतालबाट ६ जना चिकित्सकले न्युरो सर्जरीमा एमसिएच गरिसकेका छन् ।
प्रत्येक ब्याचमा २ जना न्यूरो सर्जरीमा एमसिएच अध्यापन गराउँदै आएको हस्पिटलले न्युरोलोजीमा डीएम कोर्षका लागि २ जना अध्यापन गराउने स्वीकृति पाएको छ ।
अब अप्रिल—मे महिनातिर विद्यार्थी भर्ना लिएर डीएम कोर्ष शुरु गर्ने अस्पतालकी अध्यक्ष डा. मधु दीक्षित देवकोटाले बताउनुभयो ।
यसैगरी विगत ५ बर्षदेखि नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्ससेस न्युरो हस्पिटलमा कार्यरत वरिष्ठ न्युरोलोजिष्ट डा. लेख जंग थापालाई काठमाडौं विश्वविद्यालयले सहायक प्राध्यापकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्