Logo
|
Friday 19th April 2024
Logo

epaper

भृकुटी मण्डपमा तेस्रो ‘नेपाल ल्याबोरेटोरी एण्ड मेडिकल समिट—२०१८’ प्रदर्शनी (फोटो फिचरसहित)



स्वास्थ्य क्षेत्रमा प्रयोग हुने मेडिकल तथा सर्जिकलसम्बन्धि नयाँ प्रविधिहरुबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तेस्रो ‘नेपाल ल्याबोरेटोरी एण्ड मेडिकल समिट—२०१८’ प्रदर्शनी काठमाडौंको भृकुटी मण्डपमा आजबाट शुरु भएको छ ।
आजदेखि ३ दिनसम्म सञ्चालन हुने सो मेलामा स्वदेश र विदेश गरी १७७ वटा मेडिकल र सर्जिकल सम्बन्धि स्टल राखिएको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) को सक्रियतामा विगत ३ वर्षदेखि हरेक साल भइरहेको यो प्रदर्शनीमा नेपाल, भारत र चाइनाका मेडिकल र सर्जिकल उत्पादक कम्पनि र व्यवसायीहरुको सहभागिता रहेको छ ।
नेपालबाट ५५ वटा मेडिकल र सर्जिकल व्यवसायीहरुको सक्रिय सहभागिता छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले सो प्रदर्शनीको उद्घाटन गर्दै मुलुकको मेडिकल क्षेत्रमा यस प्रदर्शनीले राम्रो ज्ञान उपलब्ध गराउने विश्वास व्यक्ति गर्नुभयो । उहाँले मेडिकल सामान आपूर्ति गर्दा गुणस्तरमा विशेष ध्यान दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान) का अध्यक्ष सुरेश घिमिरेले राज्यले मेडिकल र सर्जिकलसम्बन्धि सामानको महत्व वुझ्न नसक्दा कतिपय सामानहरुको चर्को भन्सार शुल्क तिर्न बाद्य भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्