Logo
|
Friday 29th March 2024
Logo

epaper

आयातित मेडिकल सामाग्रीको प्रोडक्ट रजिष्ट्रेसन खै ?



कतिपय व्यक्तिहरुले औषधिजन्य सर्जिकल स्वास्थ्य सामाग्रीहरुलाई विना ज्ञान दाल चामल जस्तै बिक्री गरिरहेका छन् । जीवनमरणसँग गाँसिएका यस्ता संवेदनशील वस्तुहरुको अनुगमनमा सरकार वेखवर जस्तै छ । हामीले यसबारे स्वास्थ्य मन्त्रालयलाई पटकपटक जानकारी गराउँदा पनि कुनै सुनुवाई भएको छैन । परीक्षणका लागि नेपालमा कुनै पनि स्वास्थ्य सामाग्रीहरु आयात गरिन हुन्न ।

सिताराम कार्की, महासचिव, केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान)

विना ज्ञान आफूखुशी जसले जस्तो सामान बेचेपनि कसैलाई मतलब छैन । यसलाई मेडिकल र सर्जिकल बजारको विडम्बना नै मान्नुपर्छ । यस प्रकारको परिपाटीलाई राज्यले जतिसक्दो चाँडो रोक्नुपर्छ ।
आयातित कुनै पनि मेडिकल र सर्जिकलसम्बन्धि प्रोडक्ट रजिष्ट्रेसन अनिवार्य गर्न जरुरी छ । हामीले पटक पटक स्वास्थ्य मन्त्रीको ध्यान केन्द्रित गराउँदा पनि सुनुवाइ भएको छैन ।
प्रोडक्ट रजिष्ट्रेसन भएको अवस्थामा मुलुकमा भित्रिएका कुनैपनि स्वास्थ्य सामाग्रीको जिम्मेवारी लिने परिपाटीको विकास हुन्छ ।
आफूले बेचेका सामानको जवाफदेहिता दिन सक्नुपर्छ ।
सरकारले मेडिकल र सर्जिकल सामानको महत्व बुझेको देखिदैन । शल्यक्रियाका लागि आवश्यक पर्ने अपरेशन थियटर (ओटी) लाइट, हस्पिटल फर्निचर, कोल्ड चेन मेन्टेनका लागि ल्याउने रेफ्रिजेरेटर आदिलाई घरायसी सामाग्रीको श्रेणीमा राखेर भन्सार दर तोक्ने गरेको छ । आयातित सामाग्रीको गुणस्तरको चेक जाँच गर्ने निकाय छैन । भन्सारका कर्मचारीहरुले मेडिकल र सर्जिकल सामानको महत्व बुझेका छैनन् । यो अहिलेको ठूलो चुनौति छ ।
नक्कली र गुणस्तरहीन उत्पादन छ्यापछ्याप्ती छन् । यसलाई नियमन गर्न प्रोडक्ट रजिष्ट्रेसन सिस्टम भइदिएमा कुन कम्पनिले कुन सामान ल्याउँछ ? र कहाँ कति मूल्यमा बेच्छ ? भन्ने कुरा छर्लङ्ग हुन्छ । त्यसैले सरकारले प्रोडक्ट रजिष्ट्रेसनलाई तत्काल लागू गर्नुपर्छ । यस गुणस्तरीय औषधिजन्य मेडिकल सामाग्रीले बजार ओगट्दै आम सर्वसाधारणको हितले सर्वोपरी प्राथमिकता पाउनसक्छ ।

प्रतिक्रिया दिनुहोस्