Logo
|
Friday 19th April 2024
Logo

epaper

चिसोले बालबालिका र बृद्धबृद्धा भक्रेल्ती बिरामी



यतिखेर काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । अत्यधिक चिसोबाट धेरै व्यक्ति आक्रान्त छन् । चिसोका कारण अस्पतालमा आउने बिरामीको संख्या पनि कम छैन ।
यद्यपी अस्पतालहरुमा बिरामीको गर्मीयामको तुलनामा जाडो मौसममा कम बिरामी हुने भए पनि चिसोको कारण हुने बिरामीको संख्या वृद्धि भएको पाइएको छ ।
अस्पतालहरुमा चिसोका कारण दम, निमोनिया, रोटाभाइरस, ब्रोनकाइटिस, झाडापखाला लगायतका रोगका बिरामीहरु आउने गरेका छन् । चिकित्सकहरु आफ्नो स्वास्थ्यको ख्याल गर्न आव्हान गरिरहेका छन् । यो मौसममा वृद्धवृद्धा र बालबालिकाहरु बढी जोखिममा हुन्छन् ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वाले बालबालिकाहरुलाई स्वासप्रश्वास, रुघाखोकी, दम, रोटा भाइरसजस्ता समस्या देखिने भएकाले चिसोबाट उनीहरुलाई बचाउनुपर्ने बताउनुभयो । े
वरिष्ठ बाल रोग विशेषज्ञ तथा कान्ति अस्पतालका निर्देशक डा. गणेशकुमार राई भन्नुहुन्छ—‘चुरोटको धुँवाका कारण बालबालिकाहरुमा स्वासप्रश्वास सम्बन्धि रोगको समस्या देखिएकाले घरभित्र चुरोट, बिडीको प्रयोग नगरिदिनुहोला ।’ महिले कान्ति बाल अस्पतालमा निमोनिया, डायरिया, स्वासप्रश्सास लगायतका समस्या लिएर आउने बालबालिकाको संख्या बढेकोे छ । चिसोकै कारण यहाँ दैनिक पाँचसय बिरामीहरु आउने गरेका छन् । अल्का अस्पतालका अध्यक्ष कुमार थापाले चिसो मौसममा दम, स्वासप्रश्वास, रुघाखोकी लगायतका समस्या लिएर आउने बालबालिकाको समस्या बढेको जानकारी गराउनुभयो ।
विज्ञहरुले दिएको सुझावअनुसार, जाडोमा लाग्ने रोगहरु निमोनिया, स्वासप्रस्वास सम्बन्धी रोग, दमको रोग , फोक्सो सम्बन्धी रोग, ग्यास्ट्रिक, युरिक सम्बन्धी रोग,रुघाखोकी बच्ने विभिन्न उपायाहरु अवलम्बन गर्नुपर्छ । बिहान बेलुकी घर बाहिर ननिस्कने, बालबालिकाहरुलाई चिसोमा खेल्न नदिने ,बाक्लो लुगा लगाईदिने , बृद्धहरुलाई पनि चिसोबाट टाढा राख्नुपर्छ । यसका साथै प्रशस्त पानी पिउने, जाडो छेक्न दाउरा बालेर आगो ताप्न हुँदैन । बाहिर हिँड्दा माक्स प्रयोग गर्ने, घरेलु उपचार अपनाउदा अपनाउदै रोग लागिहालेमा स्वास्थ्यकेन्द्रमा गई उपचार गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्