Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पब्जी गेमको बढ्दो क्रेज, शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भिर असर पार्दै



अहिले ‘पब्जी प्लेएरअन्ओन ब्याटलग्राउन्ड’ अनलाइन गेम संसारभर नै पपुलर भइरहेको छ । युवापुस्तामा यो गेमको क्रेज एकदमै धेरै देखिन्छ । तर यो गेमका कारण बच्चा तथा युवापुस्ताका शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर परिरहेको चिकित्सकहरु बताउछन् ।
क्लिनिकल साइकोलोजीका प्रोफेसर डाक्टर मनोज शर्माका अनुसार पहिला बच्चाहरुमा दिमागी असन्तुलनको समस्या देखिएको थियो । उहाँ भन्नुहुन्छ –‘पहिला त दिमागी असन्तुलनका तिनचारओटा मात्र समस्या आउथ्यो । तर अहिले दिनमा तिस चालिस ओटा दिमागि असन्तुलनका केसहरु आउछन् ।’ हालसालै आएको केसको बारेमा बताउदै डा. शर्माले भन्नुभयो – ‘एकजना १९ वर्षको केटालाई उसको आमाबुबाले यहाँ लिएर आएको थियो । उ हरेक दिन ८ घण्टा भन्दा बढि गेम खेल्थ्यो । जसले गर्दा उसको मानसिक अवस्थामा धेरै नै नकारात्मक असर परेको छ । ’
पछिल्लो केहिसमय देखि भारतको नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरो साइन्समा साइन्समा १२० भन्दा बढि केस दर्ता भएका छन् । जसमा गेमले बच्चाहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको देखिन्छ ।
के हो पब्जी गेम ?
पब्जी एउटा सुटर ब्याटल्स रोयल गेम हो । यो गेममा १ सय जना खेलाडीलाई ब्याटलग्राउण्डमा लड्न छाडिन्छ । उनीहरू सम्पूर्ण शक्ति लगाएर लड्छन । ती सबै खेलाडीमध्ये जो अन्तिम समयसम्म लड्छ अर्थात जुन खेलाडी अन्तिम समयसम्म बाच्छ, उ नै विजेता बन्छ । यो एक प्रकारको मिसन गेम हो । पब्जी गेम सबै प्लेटफर्म (मोबाइल, ल्यापटप, डेस्कटप) मा निकै लोकप्रिय भैरहेको छ । यो कम्प्युटर तथा मोइबाल दुवै माध्यममा उपलब्ध छ । यसलाई सहजै डाउनलोड गरेर खेल्न सकिन्छ ।

पब्जी गेमले मष्तिष्कमा कसरी असर गर्छ ?

‘नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरो साइन्समा साइन्समा यस्ता सयौँ केस दर्ता भइसकेका छन् । दर्ता भएको केसमा बच्चाहरुमा निन्द्राको समस्या, स्कुल तथा कलेजमा एप्सेन्ट हुने, ग्रेड घट्ने, सामान्य जीवनबाट टाढा हुने, गेम नखेल भन्दा आमाबुबा सँग झर्किने जस्ता समस्या देखिएको छ ।’

बच्चाहरु यस गेममा अन्तर्राष्ट्रिय प्लेयरसँग खेल्नका लागि रातको ३–४ बजे सम्म पनि सुत्दैनन् । उनिहरुको निन्द्र पुग्दैन । त्यसको प्रत्यक्ष असर स्वास्थमा पर्छ । जसले गर्दा बिभिन्न स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न हुन्छ ।  राति ढिला सुत्ते बानीले बच्चा तथा युवापुस्ताको सिल्पिङ प्यार्टन (सुत्ने समय) परिवर्तन भइरहेको छ । यसरी सल्पिङ प्यार्टन परिवर्तन हुँदा उच्च रक्तचार र मधुमेहको खतरा बढिरहेको छ । समयमा नसुत्नाले मष्तिष्कमा पनि असर परिरहेको छ । निन्द्रा नपुग्नाले बच्चाहरुको स्मरणशक्ति कमजोर हुने गर्दछ । गेममा प्रयोग गर्ने हतियार र जित्ने होडबाजीका कारण युवापुस्ताहरु बढि आक्रमक बनिरहेका छन् । बच्चाको खानपान तथा समयमा नसुत्ने कारणले उनिहरुको शारीरिक बृद्धि विकासमा समेत असर परिरहेको छ ।
स्रोतः इन्डियन हेल्थ युट्युबच्यानलबाट

प्रतिक्रिया दिनुहोस्