Logo
|
Thursday 25th April 2024
Logo

epaper

हरेक शुक्रबार मुटुको निःशुल्क परामर्श, परीक्षणमा सहुलियत



ललितपुरको भैसेपाटीस्थित नेपाल मेडीसिटी अस्पतालले नयाँ वर्ष २०१९ को उपलक्ष्यमा प्रत्येक शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञहरुसँग निःशुल्क परामर्शको अवसर प्रदान गरेको छ । मुटुरोगको परामर्शको आवश्यकतालाई मध्यनजर गरी अस्पतालले सर्वसाधारणका लागि विशेष अभियान सञ्चालन गरेको जनाइएको छ ।
अधिकांश मानिसमा मुटुरोगको लक्षण महशुस नहुने र समस्या हँुदाहँुदै पनि त्यस बारेमा अवगत नहुने भएका कारण मुटु सम्बन्धि समस्या बढ्दै गएका कारण यो अभियानले बेलैमा समस्याको पहिचान र उपचारमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपाली समुदायमा अझै पनि समस्या नदेखिएसम्म अस्पतालमा उपचार गर्ने अभ्यास नरहेकाले स्वस्थ अवस्थामा पनि उपचार गरी ढुक्क रहन यस अभियानले प्रेरित गर्ने अस्पतालका मुटु रोग विशेषज्ञ डा. लव नरसिंह जोशीले जानकारी दिनुभयो ।
मुटु सम्बन्धि समस्याको परामर्शका लागि आउनुपूर्व नाम दर्ता गर्नुपर्ने र नेपाल मेडीसिटी अस्पतालको व्यस्थापनले अनुरोध गरेको छ र ईसिजी, इको, ¥याण्डम ब्लड सुगर, लिपिड प्रोफाइल र क्रिएटिनाइन् परीक्षणमा विशेष सहुलियत दिएको छ । आगामी ३ महिनासम्मका लागि यो अवसर प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्