Logo
|
Tuesday 16th April 2024
Logo

epaper

शैक्षिक योग्यताको कदर गर्नुपर्ने माग राख्दै एच ए संघको बिरोध



कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले तयार गरेको नयाँ संगठन संरचनाको विरोधमा हेल्थ असिस्टेन्ट संघले तेस्रो दिन बिहिबार पनि आफ्नो बिरोध सभालाई निरन्तरता दिएको छ ।
हेल्थ असिस्टेन्टहरुले आफूभन्दा कम योग्यताका सीअहेवलाई स्वास्थ्य चौकी प्रमुख बनाउन लागिएको भन्दै विरोध गरेको हो ।
हेल्थ असिस्टेन्ट संघ नेपालका केन्द्रिय उपाध्यक्ष प्रकाश परियारका अनुसार लोकसेवा प्रकृया अनुसार तिन वर्षे एकेडेमिक कोर्ष पुरा गरेर  काम गरिरहेका पाँच हजार कर्मचारी छन । स्वास्थ्य मन्त्रालयले योग्यताको कदर नै नगरि पन्ध्र महिना पढेका सीअहेवलाई स्वास्थ्य चौकि प्रमुख बनाउने संरचना निर्माण गरेको छ । जबसम्म लोकसेवाको प्रकृयाको र शैक्षिक योग्यताको कदर हुदैन तवसम्म आन्दोलन जारि रहने परियारले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ –‘शैक्षिक योग्यता भएकालाई मात्र पदस्थापना हुनुपर्छ । जनताले गुणस्तरिय सेवा पाउने निर्णय जबसम्म हुदैँन तबसम्म आन्दोलन चलिरहन्छ ।’
तर, मन्त्रालयका अधिकारीहरुले उनीहरुका मागका बारेमा अहिलेसम्म ठोस कुरा गर्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्