Logo
|
Thursday 28th March 2024
Logo

epaper

प्लेटलेट रिच प्लाज्मा (पि. आर. पि ) उपचार के हो ?



कपाल झर्ने र कपाल पातलो हुने समस्याका लागि गरिने एक प्रकारको उपचार हो । यसलाई प्लेटलेट रिच प्लाज्मा (पि. आर. पि ) थेरापी पनि भनिन्छ । यो उपचार कपाल झर्ने समस्या भएका महिला र पुरुष दुवैमा गर्न सकिन्छ । विशेष गरि पुरुषका लागि यो थेरापि प्रभावकारी भएको चिकित्सकहरु बताउछन् । काठमाडौँ क्लिनिक तथा कस्मेटिक सर्जरीका डर्माटोलोजिष्ट तथा लेजर लेजर सर्जन डा. इशा पौडेल कोइरालाका अनुसार शरिरको रगतमा आर. बि. सि., डब्लु बि. सि. र प्लेटलेट हुन्छ । यिनिहरुको आ–आफ्नै काम हुन्छन ।

 ‘प्लेटलेटमा विभिन्न किसिमका ग्रोथ फ्याक्टरहरु हुन्छन । यसले रक्तश्राव रोक्ने काम गर्छ । प्लेटलेटलाई निकालेर सेन्ट्रिफ्युज गरिन्छ । सेन्ट्रिफ्युज गरिसकेपछि मसिना सुइहरुको प्रयोग गरि कपाल झरेको या पातलो भएको ठाँउमा हालिन्छ ।’

प्लेटलेट रिच प्लाज्मा (पि. आर. पि) उपचार झरेको कपाल फर्काउन मात्र नभइ अन्य प्रयोजनको लागि पनि प्रयोग गर्न सकिन्छ । डा. कोइराला भन्नुहुन्छ – ‘पि. आर. पि. उपचार विशेष गरि बंशाणुगत र अन्य रोगको कारणले कपाल पातलो भएको या झर्दै गएको अवस्थामा गरिन्छ । यसका अलवा घाउ सँन्चो बनाउन, दागहरु हटाउन र कालो धब्बा हटाउनलाई पनि यो उपचार गर्न सकिन्छ ।’

उपचार कसरी गरिन्छ ? 
उपचार गर्दा सबैभन्दा पहिला रगत निकालिन्छ । रगत आवश्यकता अनुसार १० देखि २० मिलिलिटर सम्म हेरेर निकालिन्छ । प्लाज्माबाट प्लेटलेट निकाल्न त्यसलाई सेन्ट्रिफ्युज गरिन्छ । डा. कोइराला भन्नुहुन्छ – ‘सेन्ट्रिफ्युज गर्न आधा घण्टा जति लाग्छ त्यतिन्जेल बिरामीलार्ई आराम गर्न भन्छौँ ।’ सेन्ट्रिफ्युज गर्दा हार्ड स्पिन र सफ्ट स्पीन दुई तरिकाले गरिन्छ ।

 ‘पहिला ६ मिनेटको लागि गरिन्छ । जसलाई १५०० रोटेसन पर मिनेटमा र दोस्रो १५ मिनेटको लागि २५०० रोटेसन पर मिनेटमा गरिन्छ । बढि जसो सबैले यहि विधि प्रयोग गर्छन् तर सेन्ट्रिफ्युजको बारेमा विश्वभर नै अनुुन्धान जारी छ ।’

सेन्ट्रिफ्युजबाट प्लेटलेट निकारेर कपाल झरेको ठाँउमा, पातलो भएको भागमा सुइ मार्फत हालिन्छ । त्यसपछि मिनअक्सेडल नामको औषधी लगाउनु पर्दछ ।

उपचार कतिपटक गर्नुपर्छ ?
प्लेटलेट रिच प्लाज्मा (पि. आर. पि ) उपचार महिनाको एक पटक गरिन्छ । यो उपचार ४ देखि ६ पटक गरिन्छ । पुरै रिजल्ट देखिन केहि समयलागे पनि पहिलो उपचारबाटै कपाल झर्न रोकिन्छ ।

उपचारको प्रभावकारीता  
कपाल पातलो भएको र झर्ने प्रकृयामा उत्कृष्ट रिजल्ट देखिन्छ । कपाल नै नभएको ठाँउमा यसले काम गर्दैन । त्यसका लागि कपाल प्रत्यारोपन नै गर्नुपर्छ । नेपालमा यो उपचार सुरु भएको एक वर्ष भन्दा बढि भइसकेको छ । उपचार गराएकाहरुबाट पनि राम्रो प्रतिक्रया आइरहेको डा. कोइराल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘अहिले सम्म सुधार नै नभएको रेकर्ड छैन तर कसैमा कम र कसैमा बढि सुधार भएको छ ।’ उहाँका अनुसार थोरैमा ४० प्रतिशत र बढिमा ६० प्रतिशतसम्म सुधार भएको छ । ’
पि.आर पिको साइडइफेक्ट 
उपचार गर्दा कपाल पातलो भएको ठाँउमा सुइ लगाइन्छ ।सुइ लगाउदा दुख्छ । कसै कसैलाई एकदुइ दिन टाउको दुख्ने पनि हुनसक्छ ।
कपाल झर्ने कारण 
कपाल विभिन्न कारणले झर्न सक्छ । वंशाणुगत कारणले पनि झर्छ जसलाई एन्ड्रोजेनेटिक एलोपेसिया भनिन्छ । यो कपाल झर्ने रोग भने होइन । एन्ड्रोजेनेटिक एलोपेसियामा कपाल विस्तारै पातलो हुँदै जान्छ र अन्तमा हराएरै जान्छ । यसका अलावा विभिन्न कारणको रोगहरु लागेमा, औषधी खाइरहेको अवस्थामा पनि कपाल झर्न सक्छ । कपाल प्याच्च प्याच्च झर्ने रोगलाई एलोपेसिया एरियाटा भनिन्छ । यस्तो अवस्थामा प्लेटलेट रिच प्लाज्मा (पि. आर. पि ) उपचार प्रभावकारी हुन्छ । नेपालमा धेरै ठाँउमा यो उपचार सेवा पाउन सकिन्छ । डा. कोइरालाका अनुसार यो उपचार गर्दा एक चोटिमा ८ देखि १० हजारसम्म खर्च लाग्छ ।

(डर्माटोलोजिष्ट तथा लेजर लेजर सर्जन डा. इशा पौडेल कोइराला काठमाडौँ क्लिनिक तथा कस्मेटिक सर्जरी मा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्