Logo
|
Thursday 18th April 2024
Logo

epaper

आयुर्वेद चिकित्सक संघमा नयाँ नेतृत्व 



प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको पहिलो राष्ट्रिय महाधिवेशनले प्रा डा रामचन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

संघको उपाध्यक्षमा डा अजय चौधरी, महासचिवमा डा वंशदीप खरेल, सचिवमा डा सुदर्शन पोख्रेल, कोषाध्यक्ष डा ऐश्वर्या श्रेष्ठ तथा सदस्यहरूमा डा जितेन्द्र श्रेष्ठ, डा सुमन खनाल, डा हेमन्त शाही, डा ऋषि केशव भुसाल, डा नवीन झा, डा लक्ष्मेश्वर मण्डल, डा सबिना खड्का ३ बर्से कार्यकालको लागि चयन भएका छन्।

सङ्घका निवर्तमान अध्यक्ष डा शंकर पौडेलले आयुर्वेद सेवाको विकासमा राज्यले यथेष्ट ध्यान नदिएको गुनासो गरे । ‘संघीय संरचनामा आयुर्वेदको अस्तित्वलाई स्वीकार गरिएको छैन । आयुर्वेदलाई खुम्चाईदा नागरिकले आयुर्वेद सेवाको उपयोग गर्नबाट वञ्चित भएका छन्,’ उनले भने। कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्