Logo
|
Thursday 25th April 2024
Logo

epaper

आजदेखि चिकित्सक रिले अनशनमा



काठमाडौँ — नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षा माग्दै सोमबारदेखि देशव्यापी रिले अनशन घोषणा गरेको छ । हरेक दिन १० देखि ५ बजेसम्म अनशन बस्ने संघको कार्यक्रम छ ।

चिकित्सक एवं स्वास्थ्यकर्मीहरू उपत्यकामा त्रिवि शिक्षण अस्पताल र बाहिर जिल्लाका अस्पताल हातामा अनशन बस्नेछन् । संघको आइतबारको आकस्मिक बैठकले अर्को निर्णय नभएसम्म रिले अनशन जारी राख्ने घोषणा गरेको हो ।

संघले सरकारलाई केसीको जीवनरक्षाका लागि वार्ता समिति गठन गर्न ७२ घण्टे समयसीमा दिएको थियो । उक्त अवधिमा पनि सुनुवाइ नभएपछि आन्दोलन घोषणा गरेको हो ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्