Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मनमैजु स्वास्थ्यचौकीमा प्रयोगशाला



तारकेश्वर नगरपालिका वडा नं ९ स्थित मनमैजु स्वास्थ्यचौकीमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । वडा कार्यालय र नगरपालिकाको समन्वयमा नगरपालिकाको विकट बस्तीमा पर्ने स्वास्थ्यचौकीमा शुरु भएको प्रयोगशालामा मिर्गाैला, रक्तचाप, मधुमेह, युरिक एसिड, सिबिसी र एचबीएच आइभी, क्षयरोग, दिसापिसाव, खकार, रगतलगायत परीक्षण हुने नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो ।
स्वास्थ्यचौकीमा नगरपालिकाकै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने गरी यसै वर्षदेखि गर्भवतीलाई निःशुल्क फलाम र क्याल्सियम चक्की वितरण गरिएको छ । नगरपालिकाका अन्य वडामा पनि दक्ष जनशक्ति, आधुनिक उपकरण र सुविधासम्पन्न भौतिक संरचना विस्तार गरी सर्वसुलभ उपचार दिने लक्ष्य राखिएको नगर प्रमुख गिरीले बताउनुभयो ।
प्रयोगशाला सञ्चालनमा आएसंँगै नागरिकलाई सामान्य जाँचका लागि टाँढा अस्पताल धाउनुपर्ने बाध्यता हटेको तारकेश्वर – ९ का वडाध्यक्ष बलराम सिटौलाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्