Logo
|
Wednesday 24th April 2024
Logo

epaper

अन्ततः डा. के.सी.आफैंले अनसन तोडे



चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीले आज बेलुका आफ्नो अनशन तोड्नुभएको छ ।

अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर केसीले अनशन तोड्नुभएको हो । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाउनुभएको हो ।
सो क्रममा डा.केसीले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनशन तोडेको बताउनुभयो । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताउनुभयो । डा.केसीले इलाम पुगेर अनशन शुरु गर्नुभएको थियो । अनशनकै क्रममा उहाँको स्वास्थ्यमा गम्भीर असर देखिएछि सरकारले डा.केसीलाई थप उपचारका लागि त्रि.बि. शिक्षण अस्पताल ल्याएको थियो ।

डा.केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो । यसअघि आजै पूर्व विशिष्ट व्यक्तिले डा.केसीसँग भेट गरी अनशन स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्