Logo
|
Friday 19th April 2024
Logo

epaper

तङ्ग्रिएनन् डा. केसी



२४ दिन अनशन बसेका चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी तङ्ग्रिन सकेका छैनन्। अनशन तोडेलगत्तै आईसीयू भर्ना भएका उनी पाँच दिनदेखि उपचाररत छन्।

टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीलाई आईसीयूबाट मंगलबार वार्डमा सारिएको केसीका भाइ किशोर केसीले जानकारी दिए।

सरकारले आफूसँग गरेका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने मागसहित डा. केसीले शुक्रबार अनशन तोडेका थिए। सरकारले डा. केसीसँग सरकारले साउन १० मा सम्झौता गरेको थियो।

सरकारको बदनियतका कारण मेडिकल कलेजलाई सम्बन्धन दिनेलगायत प्रावधानमा सुधारको काम अधुरै रहेको डा. केसीको भनाइ छ। चिकित्सा शिक्षा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न फरक ढंगले लडिरहने उनको प्रतिबद्धता छ। अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्