Logo
|
Friday 29th March 2024
Logo

epaper

अध्यक्ष प्रचण्डद्वारा नेता अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी



पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्सरबाट पीडित नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीसँग भेट गर्नुभएको छ ।

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत् नेकपा (क्रान्तिकारी माओवादी)का ४ नं प्रदेश (गण्डकी प्रदेश)का सचिवसमेत रहनुभएका अधिकारीको अध्यक्ष प्रचण्डले आज स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अधिकारीको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो । प्रचण्डले क्यान्सरका बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा दिन अस्पताललाई आग्रह गर्नुभयो । उहाँले नेता अधिकारीसँगै अन्य क्यान्सरका बिरामीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राख्नुभएको थियो ।

घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शङ्का गरी पोखराले १९ पुसमा थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल रेफर गरेको थियो । उहाँको अहिले अस्पतालमै केमोथेरापी भइरहेको डा खगेन्द्र देवकोटाले जानकारी दिनुभयो । उहाँ गोरखाको कम्युनिस्ट आन्दोलनको संस्थापक नेतासमेत हुनुहुन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्