Logo
|
Tuesday 16th April 2024
Logo

epaper

क्यान्सर उपचार नेपालमा सम्भव: डा. सुदिप भन्नुहुन्छ, ‘धेरै क्यान्सर बिरामीको मृत्युको कारण डर’



क्यान्सर उपचारका लागि अव विदेश जानुपर्दैन । प्रायजसो सबै उपचार नेपालमा सम्भव भइसकेका छन् । कुनै पनि क्यान्सरको उपचारमा सही निदानको आवश्यकता पर्ने भएकाले विश्वस्तरीय अत्याधुनिक प्रविधि मुलुकमा भित्रिसकेका छन् । ।

पहिलो उपलब्धी
क्यान्सर जाँच सम्बन्धि नयाँ प्रविधिहरु मुलुकमा भित्रिसकेका कारण अधिकांश क्यान्सरको निदान नेपालमै सम्भव भइसकेको छ । नेपालमा नहुने कतिपय स्पेशल वायोप्सी जाँच गर्न बिरामी विदेश गएर नमूना दिनुपर्दैन । संकलित नमुना विदेशका कुनै पनि ठाउँमा पठाएर बिरामीलाई भपरर्दो रिपोर्ट उपलब्ध गराइन्छ ।

दोस्रो उपलब्धी
क्यान्सरका सबैजसो उपचार प्रविधि नेपालमा आइसकेका छन् । ठूला प्रत्यारोपणबाहेक अधिकांश सबै क्यान्सरको उपचार नेपालमा हुने गर्छ । मुलुकमा बोनम्यारो प्रत्यारोपण शुरु भइसकेको छ । सबै किसिमका किमोथेरापीसम्बन्धि उपचार नेपालमा सम्भव छ । संसारको कुनै पनि ठाउँबाट औषधि मगाएर बिरामीलाई उपलब्ध गराउन सकिन्छ । अत्याधुनिक रेडियोथेरापी प्रविधिबाट विभिन्न क्यान्सरको उपचार भइरहेको छ ।
विदेशमा हुने उपचार र नेपालमा हुने उपचारमा कुनै भिन्नता छैन । क्यान्सरमा वेशिक उपचार पद्धति अन्तर्राष्ट्रिय मान्यता अनुसार गरिने भएकाले विदेशमा गरिने र नेपालमा गरिने क्यान्सर उपचार पद्धतिमा कुनै अन्तर हुँदैन । आर्थिक अवस्था मजबुत भएका कतिपय क्यान्सरका बिरामी भर्खर आएको एड्भान्सड् प्रविधिबाट क्यान्सर उपचार गर्न विकसित मुलुकहरुमा जाने गर्छन् ।
क्यान्सर बिरामीहरुमध्ये अधिकांशको डरका कारण मृत्यु भइरहेको छ । क्यान्सर भन्नेबित्तिकै डराउने र आत्तिने कारण मानसिक रुपमा उनीहरुमा परेको तनावले धेरैको मनोबल कमजोर भएर मृत्यु भएको पाइन्छ ।
कतिपय नेपालीहरु भारतमा उपचार गर्न जान्छन् भने कतिपय भारतीयहरु अमेरिका लगायतका ठाउँहरुमा जाने गर्छन् । हलिउडकी नायिका मनिषा कोइरालाले अमेरिका गएर क्यान्सरको उपचार गराएकी थिइन् । डरका कारण कतिपय व्यक्तिले आफ्नो घर खेतबारी बेचेर पनि विदेशमा गएर उपचार गर्छन् । तर त्यो मनको सन्तुष्ट मात्र हो । उपचार हुने क्यान्सर नेपालमा पनि हुनसक्छ तर नहुने क्यान्सर अमेरिका बेलायत लगायतका जुनसुकै सुविधासम्पन्न ठाउँमा गएपनि हुन सक्दैन । उनीहरुलाई थाहा नभएर जाने गर्छन् । यस्तो अवस्थामा हामीलाई पनि दुःख लाग्छ ।

चिकित्सकलाई कम विश्वास भएसम्म क्यान्सर उपचारका लागि विदेशीने     वार्षिक १० करोड भन्दा बढी रकम रोक्न सकिन्छ । नेपालीले नेपालीलाई विश्वास गर्नुपर्छ ।

शुरुको अवस्थामा क्यान्सर डायग्नोसिस भएमा क्यान्सर निको हुन्छ । त्यसैले सबै सचेत हुन जरुरी छ ।
कुनै पनि क्यान्सर पहिलो चरणमा पत्ता लगाएर राम्रो उपचार पाएमा करिब ८० प्रतिशत निको हुन्छ । यस प्रकारका क्यान्सर अन्य अंगमा नफैलिएको हकमा लागू हुन्छ । दोस्रो चरण अन्तर्गत क्यान्सर बढ्दै सम्बन्धित अंगबाट बाहिर निस्किन अन्तिम अवस्थामा पुगेको क्यान्सरको उपचार करिब ५०—६० प्रतिशतसम्म निको पार्न सकिन्छ । सम्बन्धित अंगबाट बाहिर निस्किसकेको तेस्रो चरणको क्यान्सर करिब ३०—४० प्रतिशतसम्म निको पार्न सकिन्छ । चौथो चरणका क्यान्सर प्रायजस्तो निको हुँदैनन् । त्यसैले पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लगाउन सकियोस् भन्ने हाम्रो चाहना हुन्छ । तर नेपालमा डर र जनचेतनाको अभावका कारण अधिकांश बिरामीहरुको क्यान्सर तेस्रो र चौथो चरणमा पुगिसकेपछि मात्र पत्ता लाग्छ ।
त्यसैले क्यान्सर डायग्नोसिस र उपचारमा लक्षण पर्खेर बस्न हुँदैन । उमेर पुगेका जोखिम वर्गका व्यक्तिले वर्षमा एकपटक क्यान्सर डायग्नोसिस गर्ने वातावरण सृजना गर्नुपर्छ । एक महिनादेखि शरीरमा कुनै किसिमको समस्या भइरहेमा क्यान्सर भएनभएको पत्ता लगाउन ढिला गर्न हुँदैन ।
चुनौतिहरु के के छन् ?
क्यान्सरका बिरामी विदेश जाने प्रवृत्ति हावी छ । धेरैले तर्साएर विदेश जाने सल्लाह दिने गर्छन् । विदेशीलाई बढी र नेपाली चिकित्सकलाई कम विश्वास भएसम्म क्यान्सर उपचारका लागि विदेशीने वार्षिक १० करोड भन्दा बढी रकम रोक्न सकिन्छ । नेपालीले नेपालीलाई विश्वास गर्नुपर्छ ।
(डा. श्रेष्ठ नेपाल क्यान्सर हस्पिटलमा वरिष्ठ क्यान्सर विशेषज्ञ एवं अस्पतालका कार्यकारी अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्